पोखरा (कास्की) ९ माघ। आजदेखि पोखरामा सुरु भएको १६ औँ संस्करणको आहा रारा गोल्ड कप–२०७४ को उद्घाटन खेलमा सुदूरपश्चिम–११ धनगढीले आयोजक टिम तथा २०७३ उप–विजेता साहारा क्लबलाई ३–० ले हराएको छ ।
सुदुरपश्चिमका लागि खेलको २५ औ मिनेटमा धनबहादुर थापाले गोल गरेका थिए भने खेलको ७८ औं मिनेटमा मनिराम चौधरीले गोल गर्दै सुदुरपश्चिम साहारासँग २–० को अग्रता लिन सफल भयो ।
खेलको थप समयमा राकेश हमालले गोल गर्दै प्रिक्वाटर फाईनलको यात्रा तय गरे । खेलको थप समय अगाडि प्रतियोगिता भर पाएका अवसरहरु साहारा सदुपयोग गर्न सकेनन् । आजको प्रतियोगितामा सुदुरपश्चिम–११ स्पोर्टिङ क्लब धनगढीका लागि जर्सी १७ धनिराम चौधरी म्यान अफ म्याच घोषित भए ।
खेलमा नेपाल आर्मी, मनाङ मस्र्याङ्दी क्लब, नेपाल पुलिस क्लब, शसस्त्र प्रहरी, थ्रीस्टार क्लब दुई विदेशी टोली बरिन्धरा बंगलादेश र भारतको सिक्किम युनाईटेड, मोफसलका टोली, धरान फुटबल क्लब, झापा ११ र ए डिभिजनको संकटा क्लब गरी १२ टोलीले भाग लिएका छन् ।
बुधबार भारतको सिक्किम युनाईटेड र धरान फुटबल क्लब बिच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताका विजेताले ७ लाख र उपविजेताले ३ लाख ५१ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।
बेष्ट अफ फाईभले नगद सहित ट्रफी, तथा दर्शकले स्कुटर र टिभी पाउनेछन् ।