Prakash Adhikari June 12, 2020

 

काठमाडौं, ३० जेठ । नागरिक लगानी कोषले आगामी असार २० गते बार्षिक साधारण सभा गर्ने भएको छ ।

कम्पनीको पच्चीसौँ वार्षिक साधारण सभा कोषको नयाँ भवन परिसर, नयाँ बानेश्वरमा बिहान ११ बजे शुरु हुने जानकारी कोषले दिएको छ ।

सभाले आर्थिक वर्ष २०७५ ७६ को आम्दानी बाँडफाँड हिसाब विवरणमा छुट्टयाइएको प्रस्तावित २२ प्रतिशत बोनस शेयर र १.१६ प्रतिशत नगद लाभांश स्वीकृत गर्नेछ। यसका साथै २२ प्रतिशत बोनस शेयर वितरणपश्चात कायम हुने चुक्ता पूँजीको ८२.८४ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पनि सो सभाले पारित गर्नेछ।

सभाले साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्ने शेयरधनीहरु तथा सञ्चालकहरुको तर्फबाट एक÷एक जना प्रतिनिधि पनि नियुक्त गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले असार १० गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ। यस अनुसार असार ९ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।

Share Now

Leave a comment.