Prakash Adhikari June 17, 2020

काठमाडौं । सरकारले असार महिनादेखि नै लागु हुने गरी नयाँ विद्युत महसुल दर कायम गरेको छ ।

विद्युत नियमन आयोगको असार १ गते बसेको ५७ औ बैठकले असार महिनाको विद्युत उपभोगमा लाग्ने गरि नयाँ विद्युत महसुल दर कायम गरेको हो । आयोगले निर्धारण गरेको महसुल अनुसार सिंगल फेजको १० युनिटसम्म विद्युत खपत गर्ने उपभोक्ताले न्यूनतम् डिमाण्ड शुल्क ३० रुपैयाँमात्र विद्युत महसल तिरे पुग्ने छ । इनर्जी शुल्क तिर्नुपर्ने छैन ।

आयोगले सिंगल फेज अन्तर्गतको ५ एम्यिर मिटर जडान गरेका उपभोक्तालाई उक्त छुट दिइएको हो । अन्य उपभोक्ताले भने डिमाण्ड र इनर्जी दुबै शुल्क तिर्नुपर्ने हुन्छ ।

आयोगले गरेको निर्णय अनुसार अब ११ देखि २० युनिटसम्मका उपभोक्ताले मासिक न्यूनतम शुल्क ३० रुपैयाँका साथै आफूले खपत गरेको युनिटलाई तीनले गुणन गरेर हुन आउने रकम तिर्नुपर्ने हुन्छ । जस्तै १५ युनिट खपत गर्ने उपभोक्ताले १५ लाई ३ ले गुणन गरेर हुन आउने रकम ४५ रुपैयाँ र ३० रुपैयाँ न्यूनतम शुल्क गरी जम्मा ७५ रुपैयाँ बुझाउनु पर्ने हुन्छ ।

आयोगले निर्धारण गरेको विद्युत उपभोक्ता महसुल दरमा सिंगल फेजका तल्लो भोल्टेज (२३० भोल्ट) को ५ एम्पियरमा ३० रुपैयाँ, १५ एम्पियरमा ९० रुपैयाँ, ३० एम्पियरमा १२५ रुपैयाँ र ६० एम्पियरका लागि १८५ रुपैयाँसम्म विद्युत महसुल तिर्नुपर्ने भएको छ ।

२० युनिटसम्म विद्युत खपत गर्ने उपभोक्ताले ५ एम्पियरका लागि ९० रुपैयाँ, १५ एम्पियरका लागि १३० रुपैयाँ, ३० एम्पियरका लागि १७५ रुपैयाँ र ६० एम्पियरको लागि २४५ रुपैयाँ तिर्नुपर्ने व्यवस्था आयोगले निर्धारण गरेको छ ।

माथि उल्लेखित फेज अन्तर्गत ५ एम्पियरअन्तर्गत रहेर ४ सय युनिटभन्दा माथि विद्युत खपत गर्ने उपभोक्ताले भने ४ हजार ९ सय ७५ रुपैयाँ विद्युत महसुल तिर्नुपर्ने हुन्छ । ६० एम्पियरको विद्युत मिटर जडान गरेका उपभोक्ताले ५ हजार ७५ रुपैयाँ विद्युत महसुल तिर्नुपर्ने हुन्छ

आयोगले ११ युनिटदेखि ४०० युटिनसम्मका उपभोक्तालाई इनर्जी शुल्क दर बराबर कायम गरेपनि न्यूनतम डिमाण्ड शुल्क भने एम्पियर अनुसार फरक फरक निर्धारण गरेको छ ।

 

सरकारले कम विद्युत खपत गर्नेलाई बढी र बढी उपभोक्ता गर्नेलाई कम महसुल तिर्ने व्यवस्था डिमाण्ड शुल्क र इनर्जी शुल्कलाई त्यहि अनुसार समायोजन गरेको छ । आयोगले ११ केभीका औद्योगिक उपभोक्तालाई प्रतियुनिट ८।६० पैसा र २५५ रुपैयाँ डिमाण्ड चार्ज निर्धारण गरेको छ भने माथिल्लो भोल्टेजका लागि प्रतियुनिट ८।२० का दरले विद्युत महसुल निर्धारण गरेको छ । यसको डिमाण्ड चार्ज भने २३० रुपैयाँ निर्धारण गरेको छ ।

माथिल्लो भोल्टजका औद्योगिक उपभोक्ताको लागि भने १३२ केभी अन्तर्गत २३० रुपैयाँ डिमाण्ड शुल्क र प्रतियुनिट ८ रुपैयाँ २० पैसाका दरले विद्युत उपलब्ध गराउने भएको छ । ६६ केभीका औद्योगिक उपभोक्ताको लागि २४० रुपैयाँ डिमाण्ड शुल्क सहित प्रति युनिट ८।३० पैसा तिर्नुपर्ने हुन्छ ।

त्यसैगरी मझौला भोल्टेज (३३केभी) औद्योगिक उपभोक्ताको लागि २५५ रुपैयाँ डिमाण्ड शुल्क र प्रतियुनिट८।४० पैसा इनर्जी शुल्क तिर्नुपर्ने हुन्छ । व्यापारिक प्रयोजनका लागि खपत हुने ६६ केभी अन्तर्गत ३१५ रुपैयाँ डिमाण्ड शुल्क सहित प्रतियुनिट १०।८० रुपैयाँ महसुल निर्धारण गरिएको छ । गैर व्यापारिले प्रतियुनिट ४।८० रुपैयाँमात्र तिरे पुग्नेछ ।

देशमा लोड सेडिड.को अन्त्य भएर पनि आफूले डेडिकेटेड र ट्रड.क लाईनको शुल्क तिर्र्नुपर्ने गुनासो गर्दै आएका उद्योगपतिहरुको गुनासोको पनि सरकारले सम्बोधन गरेको छ । अब उद्योगीहरुले यी सेवाको शुल्क तिर्नुपर्ने छैन ।

Share Now

Leave a comment.