Prakash Adhikari June 20, 2020

काठमाडौं, ६ आषाढ । नेपालमा कोरोनाभाइरस सङ्क्रमितको संख्या ८ हजार ६ सय ५ पुगेको छ । शनिवार ३ सय ३१ जना नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ९ हजारको आसपास पुग्न लागेको जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिनु भएको छ ।

सङ्क्रमित हुनेमा पुरुषको सङ्ख्या अत्यधिक रहेको छ।

हालसम्मका संक्रमित मध्ये पुरुषको संख्या ७ हजार ८ सय ४९ र महिलाको संख्या ७ सय ५६ रहेको छ।


मन्त्रालयका अनुसार हालसम्म १ हजार ५ सय ७८ जना कोरोनाभाइरस सङ्क्रमण भएर निको भएको डा. गौतमले नियमित पत्रकार सम्मेलनमा जानकारी दिनुभएको छ ।

पछिल्लो समय हरेक दिन सयौँको सङ्ख्यामा भाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ।

गत चौबीस घण्टामा ७ हजार ४ सय १६ को पीसीआर परीक्षण र ४ हजार ४ सय २६ को आरडीटी परीक्षण गरेको बताइएको छ।

सरकारले हालसम्म पीसीआर प्रविधिबाट १ लाख ६९ हजार १ सय ६५ जनाको स्वाब जाँचिएको जनाएको छ।

त्यसैगरी आरडीटी प्रविधिबाट २ लाख ५२ हजार ३ सय जनाको परीक्षण गरिएको छ।

 

कोरोनाभाइरस ब्यानर

असार ६ गते शनिवार अपराह्ण ४ : ३० बजेसम्मको तथ्याङ्क

  • ८,६०५ कुल सङ्क्रमण
  • ७४ प्रभावित जिल्ला
  • विगत २४ घण्टामा पीसीआर परीक्षण ७,४१६
  • चिकित्सकीय निगरानीमा अलग्गै ७,००५
  • देशभरि क्वारन्टीनमा १,०२,२४५
  • अहिलेसम्म निको १,५७८

स्रोतः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय

देशभर गरी क्वारन्टीनमा एक लाख भन्दा बढी मानिसहरू रहेका छन्।

त्यसैगरी ७ हजार ५ जना आइसोलेशनमा रहेको जनाइएको छ।

Share Now

Leave a comment.