काठमाडौं, ६ आषाढ । नेपालमा कोरोनाभाइरस सङ्क्रमितको संख्या ८ हजार ६ सय ५ पुगेको छ । शनिवार ३ सय ३१ जना नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ९ हजारको आसपास पुग्न लागेको जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिनु भएको छ ।
सङ्क्रमित हुनेमा पुरुषको सङ्ख्या अत्यधिक रहेको छ।
हालसम्मका संक्रमित मध्ये पुरुषको संख्या ७ हजार ८ सय ४९ र महिलाको संख्या ७ सय ५६ रहेको छ।

मन्त्रालयका अनुसार हालसम्म १ हजार ५ सय ७८ जना कोरोनाभाइरस सङ्क्रमण भएर निको भएको डा. गौतमले नियमित पत्रकार सम्मेलनमा जानकारी दिनुभएको छ ।
पछिल्लो समय हरेक दिन सयौँको सङ्ख्यामा भाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ।
गत चौबीस घण्टामा ७ हजार ४ सय १६ को पीसीआर परीक्षण र ४ हजार ४ सय २६ को आरडीटी परीक्षण गरेको बताइएको छ।
सरकारले हालसम्म पीसीआर प्रविधिबाट १ लाख ६९ हजार १ सय ६५ जनाको स्वाब जाँचिएको जनाएको छ।
त्यसैगरी आरडीटी प्रविधिबाट २ लाख ५२ हजार ३ सय जनाको परीक्षण गरिएको छ।

असार ६ गते शनिवार अपराह्ण ४ : ३० बजेसम्मको तथ्याङ्क
- ८,६०५ कुल सङ्क्रमण
- ७४ प्रभावित जिल्ला
- विगत २४ घण्टामा पीसीआर परीक्षण ७,४१६
- चिकित्सकीय निगरानीमा अलग्गै ७,००५
- देशभरि क्वारन्टीनमा १,०२,२४५
- अहिलेसम्म निको १,५७८
स्रोतः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय
देशभर गरी क्वारन्टीनमा एक लाख भन्दा बढी मानिसहरू रहेका छन्।
त्यसैगरी ७ हजार ५ जना आइसोलेशनमा रहेको जनाइएको छ।


















