Prakash Adhikari June 21, 2020

 

वाशिंटन डीसी(संयुक्त राज्य अमेरिका), ७ आषाढ(बीबीसी) । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भारत र चीनबीच विद्यमान तनावलाई आफूले नियालिरहेको र सहयोग गर्न इच्छुक भएको बताउनुभएको छ।

राष्ट्रपति ट्रम्पले त्यस विषयमा दुवै देशसँग अमेरिकाले कुराकानी गरिरहेको जानकारी दिनुभएको छ ।

‘यो एकदमै कठिन परिस्थित हो। हामी भारतसँग कुराकानी गरिरहेका छौँ, हामी चीनसँग पनि कुराकानी गरिरहेका छौँ ‘ , राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसबाहिर पत्रकारसँग कुरा गर्दै भन्नुभयो,’त्यहाँ दुई देशबीच ठूलो समस्या छ। दुवै आमुन्नेसामुन्ने भएका छन् र हामी अब के हुन्छ हेरिरहेका छौँ। हामी उनीहरूलाई सहयोग गर्न प्रयास गर्दैछौँ।’

गत साता सोमवार राति गलवान उपत्यकामा भारत र चीनबीच भएको हिंसक सङ्घर्षमा भारतका वरिष्ठ सैन्य अधिकारीसहित २० सैनिकको मृत्यु भएको थियो।

भारतले चिनियाँ सैनिकहरू पनि हताहत भएको दाबी गरेको छ। तर चीनले त्यसबारे आधिकारिक रूपमा केही भनेको छैन।

ट्रम्पको प्रस्ताव पहिला पनि

भारत र चीनबीच विद्यमान तनावबारे अमेरिकी राष्ट्रपतिले गत महिना सामाजिक सञ्जालमा टिप्पणी गर्दै आफू मध्यस्थता गर्न तत्पर भएको बताउनुभएको थियो ।

एउटा ट्वीटमा ट्रम्पले भनेका भन्नुभएको थियो, ‘हामीले भारत र चीन दुवै देशलाई जारी सीमा विवादबारे मध्यस्थता गरिदिन अमेरिका तयार, इच्छुक र सक्षम भएको जानकारी दिएका छौँ। धन्यवाद।’

राष्ट्रपति ट्रम्पले चीनसँगको तनावका कारण भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मनोदशा नराम्रो भएको टिप्पणी गर्नुभएको थियो।

तर ट्रम्पले मध्यस्थताका लागि गरेको प्रस्तावलाई भारत र चीन दुवैले अस्वीकार गरिदिएका थिए।

भारत-चीन तनावप्रति अमेरिकाले चासो व्यक्त गर्दै आएको छ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले गलवानमा भारतीय सैनिकको मृत्यु भएकोमा समवेदना प्रकट गर्नुभएको थियो।

भारत र चीनको प्रतिक्रिया
यसैबीच गत साता भएको सङ्घर्षको विषयमा भारत र चीन दुवैले एकअर्कालाई दोषारोपण गरेका छन्।

चिनियाँ सेनासँग भएको हिंसामा आफ्ना २० सैनिकको ज्यान गएपछि भारतले आवश्यक परे सैन्य शक्ति परिचालन गरेर आफ्नो सीमा रक्षा गर्ने घोषणा गरेको छ।

प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय सीमाभित्र विदेशी सैन्य बल प्रवेश नगरेको र आफ्नो भूभाग पनि नगुमेको बताउनुभएको छ।

त्यस्तै उक्त घटनालाई लिएर चिनियाँ पक्षले भारतीय पक्षलाई दोष लगाएको छ।

चिनियाँ पत्रिका ग्लोबल टाइम्सका अनुसार एक चिनियाँ सैन्य प्रवक्ताले भारतीय सेनाले ुसहमति भङ्ग गरेरु सोमवार बेलुकी गलवान उपत्यकामा सीमाको वास्तविक नियन्त्रणरेखा नाघेको अनि चिनियाँ पक्षलाई उत्तेजित पार्ने गतिविधि गरेका कारण सङ्घर्ष भएको बताउनुभएको थियो।

तर उक्त सङ्घर्षमा गोली भने नचलेको दुवै पक्षले जनाएका छन्।

Share Now

Leave a comment.