Prakash Adhikari June 21, 2020

काठमाडौं,७ असार । नेपालमा कोरोना भाइरसको संक्रमितको संंख्या ९ हजार माथि पुगेको छ । पछिल्लो २४ घण्टामा ४ सय २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसंगै कुल संक्रमितको संख्या ९ हजार २६ पुगेको हो ।

संक्रमित बिरामी मध्ये २३ जनाको मृत्यु भएको छ भने १ हजार ७ सय ७२ जना डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा १ सय ९४ जना डिस्चार्ज भएको जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा अर्घाखाँचीमा सबैभन्दा धेरै ७४ जना संक्रमित थपिएका छन् ।

त्यस्तै सिराहामा ५२ जना, डडेलधुरामा ४१, डोटी र कैलालीमा २७र२७ जना, कपिलवस्तुमा २५, बाग्लुङमा २३, नवलपरासीमा २२, प्युठानमा २० तथा स्याङ्जा र दाङमा १०र१० जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

त्यस्तै धनुषाका ८ जना, गुल्मीका ७, झापा र सल्यानका ६र६ जना, उदयपुर, सर्लाहीका ५र५ जना, पाल्पा, म्याग्दी, तनहुँ र रोल्पा ४र४ जना, बारा र बर्दियाका ३र३ जना, मोरङ, सुनसरी, महोत्तरी, सप्तरी, सुर्खेत, अछाम, बैतडी, बझाङ, रुपन्देही, नवलपुर र पर्वतका २र२ मा संक्रमण पुष्टि भएको छ ।

बितेको २४ घण्टामा ललितपुरसहित नुवाकोट, रामेछाप, कास्की, मुस्ताङ, बाँके, दैलेख र कञ्चनपुरका १र१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ।

Share Now

Leave a comment.