बाल्टिमोर(संयुक्त राज्य अमेरिका), ९ माघ । बाल्टिमोर एसोसीएसन अफ नेप्लिज इन अमेरिका (बाना) औपचारिक रुपमा आफ्नै सामुदायिक भवनमा सरेको छ ।
बानाले अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कुमार कार्कीको प्रमुख आतिथ्यमा हालै खरिद गरेको भवनको औपचारिक उदघाटन सम्पन्न गर्यो ।
उक्त कार्यक्रममा बाल्टिमोरका रिपब्लिकन तथा डेमोक्रेटिक दलका सिनेटर ,सभासद ,अन्य स्थानीय विदेशीहरुको साथै महा बाणिज्यदूत प्रेमराजा महत लगायतको सहभागिता रहेको थियो ।
बाल्टिमोरमा सन् १९९६ देखि नै नेपाली समुदायको उपस्थिति बाक्लिएसंगै सामुदायिक भवन बनाउनेबारेमा विचारविमर्श चलेको थियो ।
सन २००४ मा बानाको स्थापना भएपछि यसलार्य संस्थागत रुपमा अगाडि बढाउने प्रयासको थालनी भएको थियो । सन् २०११-२०१३ को समितिका पदाधिकारीहरुले सामुदायिक भवनको परिकल्पना गरेका थिए । तत्कलिन अध्यक्ष विजय श्रेष्ठले आफूले नेतृत्व सम्हालेको केही महिनाभित्र पण्डित दिनबन्धु पोख्रेललाई आमन्त्रण गरी महापुराण लगाई कोष वृद्धि गरि सामुदायिक भवनको सुरुवात गरेका थिए ।
पूर्व अध्यक्ष कुलमणि आचार्यको कार्यकाल सन् २०१५(२०१७ मा सामुदायिक भवन सम्बन्धि धेरै काम भएको थियो ।
सामुदायिक भवनको समुद्घाटन कार्यक्रममा प्रवासी नेपाली मंच का केन्द्रिय अध्यक्ष प्रभु थापा ,नासो कम्युनिटीका केन्द्रिय अध्यक्ष गोपाल बिश्वकर्मा ,एनआरएनए का संस्थापक केन्द्रिय उपाध्यक्ष डा. श्याम कार्की ,एनआरएन का उपाध्यक्ष जेदु पोख्रेल लगायत बाल्टिमोर तथा डिसी महानगर क्षेत्रका अन्य संघरसंस्थाका पदाधिकारीहरु लगायतको उपस्थिति रहेको थियो ।
उद्घाट्न कार्यकममा बानाकी अध्यक्ष अनु श्रेष्ठ वन्तले स्वागत मन्त्व्य दिएकीथिइन् भने पूर्व अध्यक्ष कुलमणि आचार्यले सहजकर्ताको भूमिका निर्वाह गरेका थिए ।
कार्यक्रम संचालन महा सचिब हिरा गुरुङले गरेका थिए भने धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष सुबोधविलास पन्तले गरेका थिए ।
यस सामुदायिक भवनको शुभारम्भसंगै अब संस्थाको बैठक ,कार्यक्रम तथा अन्य सामाजिक कार्यक्रम गर्न बाल्टिमोरका नेपालीहरुलाई सहज हुनेभएको छ ।