Prakash Adhikari January 24, 2018

काठमाडौं, १० माघ ।नेपाली कांग्रेसले प्रदेश नम्वर १,२ र ३ बाट राष्ट्र्रिय सभामा पार्टीका तर्फका उम्मेदवारहरु टुंगो लगाएको छ ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार प्रदेश नं १ बाट खुलातर्फ रमेशजंग रायमाझी, र महिलातर्फ सरिता प्रसाईलाई उम्मेद्वार बनाइएको छ ।

प्रदेश नं २ बाट खुलातर्फ जितेन्द्रनारायण देवा र महिलातर्फ मुफ्ताकुमार यादवलाई कांग्रेसले उम्मेदवार बनाएको छ ।

प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष राधेश्याम अधिकारी, धना खतिवडा, मदनकृष्ण श्रेष्ठ र हरिशरण नेपाली प्रदेश ३ बाट उम्मेदवार बन्ने भएका हुन्।

राष्ट्रिय सभाका लागि आज १० बजेदेखि मनोनयन दर्ता हुँदैछ।

Share Now

Leave a comment.