Prakash Adhikari July 5, 2020

 

काठमाडौं, २१ आषाढ । प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको बालुवाटारको छलफल सकिएको छ।
बैठकमा प्रचण्डको सहयोगीको रुपमा बस्नुभएका मन्त्री बर्षामान पुनले विगतमा भएका समझदारीका आधारमा सहमति खोज्ने र भोलिको स्थायी कमिटी बैठकअघि दुई अध्यक्षबीच छलफल गर्ने समझदारीसहित आजको बैठक सकिएको बताउनुभएको छ ।

उहाँका अनुसार अब दुवै नेताहरुले असमझदारी बढाउने गतिबिधि नगर्ने कुरामा सहमति जनाउनुभएको छ ।

जारी स्थायी समितिको बैठकको मूल विषय कोरोना संक्रमणको महामारीको रोकथाम,नियन्त्रण र विरामीको उपचार, सरकार र पार्टीको कामको समीक्षा, एमसीसी संझौता,नागरिकता विधेयक, चौरजहारी नरसंहार,कोरोना भाइरसको महामारीका कारण थला परेको अर्थतन्त्रको पुनरुत्थानको लागि उद्धार र राहत कार्यक्रमसहितका एजेण्डामा प्रवेश गर्नु अगाडि नै सीमा विवादका विषयको छलफलका क्रममा बैठकबाट बिच्केर निस्कनुभएका प्रधानमन्त्री ओलीले मदन भण्डारीको जन्म जयन्तीको अवसरमा दिनुभएको अभिव्यक्ति र पार्टीसंगको कुनै सम्पर्क बिना हठात संसदको हिउँदे अधिवेशन समापन गर्न राष्ट्रपतिसमक्ष गर्नुभएको सिफारिसको कारण सत्तारुढ नेकपा विभाजनोन्मुख बनेको छ ।

आजको छलफलमा प्रधानमन्त्री ओलीका तर्फबाट उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल र प्रदेश ५का मुख्यमन्त्री शंकर पोखरेल तथा प्रचण्डको सहयोगीका रुपमा मन्त्री वर्षमान पुन र नेता जनार्दन शर्मा सहभागी हुुनुहुन्थ्यो।

Share Now

Leave a comment.