काठमाडौं, २१ आषाढ । आफूलाई जारी स्थायी समितिको बैठकबाट सरकारबाट फिर्ता बोलाउन सक्ने भयले त्रसित बन्नुभएका प्रधानमन्त्री के.पी. शर्मा ओलीले आफ्नो सत्ता बचाउनको लागि संघीय संसदको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासंगको सम्पर्कलाई बाक्लो बनाउनुभएको छ ।
प्रधानमन्त्री ओलीले आइतबार बिहान पूर्वसभामुख सुवास नेम्वाङलाई विशेष सन्देशसहित प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालाई भेट्न पठाउनुभएको उच्च सूत्रहरुले पुष्टि गरेका छन् ।
आइतवार बिहान पनि प्रधानमन्त्री ओलीले आफू निकट नेकपाका नेताहरूसँग प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गर्नुभएको थियो ।
त्यसपछि नेकपाका नेता तथा पूर्वसभामुख सुवास नेम्वाङलाई ओलीले सन्देशसहित प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका नेता तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न पठाउनुभएको हो।
ओलीले पार्टी फुटाएर काङ्ग्रेससँगको गठबन्धनमा सरकार बनाउने हल्ला चलिरहेका बेला नेता नेम्वाङलाई देउवा निवासमा पुग्नुलाई धेरैले अर्थपूर्ण रुपमा लिएका छन् ।
तर नेम्वाङले देउवासँगको भेटघाट सत्ता परिवर्तनको खेलसँग कुनै पनि हिसाबले नजोडिएको जिकिर गर्नुभएको छ ।
नेता नेम्बाड.ले भन्नुभएको छ, देशमा यति गम्भीर विषयहरू उठिरहेका बेला प्रमुख प्रतिपक्षी दलको नेतासँग प्रधानमन्त्रीले कुरा गर्नुपर्छ कि पर्दैन ? प्रधानमन्त्रीले अहिलेका यी सबै सन्दर्भमा हाम्रो तर्फबाट पनि हेलो भन्देउ है भन्नुभयो म गएर उहाँलाई भेटेँ हेलो भने आएँ ।
ूयस्तो किसिमको भेटघाटलाई पनि कसैले प्रश्न उठायो भने ती साथीले कसको हित चाहिरहेका छन् भन्ने कुरा भन्नुपर्ने हुन्छ। त्यस्तो प्रश्न उठाउने कोही हुनुहुन्छ भन्ने मलाई थाहा छैन। विश्वास छैन।ू
नेता नेम्बाड.ले प्रधानमन्त्री ओलीले देश र जनताका लागि मिलेर अघि बढ्न देउवालाई सन्देश पठाएको बताउनुभएको बीबीसीले उहाँलाई उधृत गर्दै बताएको छ।
यसअघि गत बुधवार साँझ पनि प्रधानमन्त्री ओलीले बालुवाटारमा कांग्रेस सभापति देउवासँग गोप्य भेटघाट गरेको विवरण सार्वजनिक भएका थिए ।
तर उक्त भेट संवैधानिक आयोगमा पदाधिकारी नियुक्तिलाई लिएर मात्र भएको काङ्ग्रेसका नेताहरूले विभिन्न सञ्चारमाध्यममा स्पष्टीकरण दिइरहनुभएको छ।
सत्तारुढ पार्टी विभाजोन्मुख भैरहेको बेला देश र जनताको पक्षमा मिलेर जाने भन्ने कुराले भावि राजनीतिक समीकरणलाई संकेत गरेको राजनीतिक विश्लेषकहरुको दावी छ । प्रधानमन्त्री ओलीले अगाडि सार्नुभएको धेरै मुद्दामा नेपाली कांग्रेसले विमति देखाउने गरेको छैन् ।
कांग्रेसका सबै राजनीतिक नियुक्तिलाई जरैदेखि उखेलेर फाले पनि पार्टी सभापति देउवाकी साशु प्रतिभा राणालाई जापानको राजदूतमा यथावत राख्नु, एमसीसी पारित गर्ने सबालमा एकै मत देखिनु, एनसेल र वाइडबडीको घोटालामा समान दृष्टिकोण रहनु लगायत धेरै विषयमा दुई नेताहरुको चोचोमोचो मिल्ने गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टीबाट आफ्नो हिस्सा लिएर चोइटिएमा प्रधानमन्त्री ओलीको नेतृत्वको चोइटे पार्टीलाई काँधमा बोकेर ओली सत्ता जोगाउन कांग्रेस सभापति तयार हुनुभएको राजनीतिक वृतमा चर्चा व्याप्त छ ।
त्यसो त प्रधानमन्त्री ओलीले पार्टी विभाजन गर्ने, आफनो पक्षमा अधिकतम सांसदहरु ल्याउने र सत्ता यथावत कायम राख्नको लागि कानुन व्यवसायीदेखि विभिन्न व्यक्तिहरूसँग छलफल गर्नुभएको विवरणहरू साार्वजनिक भएका छन्m।


















