काठमाडौैं, १० माघ । यही माघ २४ गते हुने राष्ट्रिय सभाका ५६ सदस्यका लागि आज(बुधबार) सात वटै प्रदेशका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेद्वारी दर्ता भएको छ ।
निर्वाचनमा सहभागी राजनीतिक दलहरुले आफु जित्न सक्ने संभावनाका आधारमा उम्मेद्वारी दिएकोले आरक्षित समूहको कोटामा परेका सीटमा १७ जना उम्मेद्वारहरु निर्विरोध निर्वाचित भएका छन् ।
प्रदेशका संवाददाताहरुले पठाएको रिपोर्ट अनुसार प्रदेश नं १ मा ३ जना, २ मा ५ जना, ५ मा ३ जना, र ७ मा ६ जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् ।
सातै प्रदेशका ५६ सीटमा ९ वटा राजनीतिक दलका ८३ जनाले उम्मेदवारी दर्ता गराएका छन्। निर्वाचन आयोगका अनुसार प्रदेश १ मा १२, २ मा ९, ३ मा १७, ४ मा १२, ५ मा ११, ६ मा १२ र ७ मा १० जनाले उम्मेदवारी दिएका छन्।
प्रदेश १ मा तीन महिला निर्विरोध
प्रदेश १ बाट तीनजना महिला राष्ट्रियसभा सदस्यमा निर्विरोध निर्वाचित भएका छन्। निर्विरोध निर्वाचित हुनेमा नेकपा एमालेकी नैनकला ओझा, माओवादी केन्द्रकी विना पोखरेल र नेपाली कांग्रेसकी सरिता प्रसाईँ रहेका छन्।
प्रदेश १ बाट महिलामा एमाले, माओवादी र कांग्रेसबाट १(१ जना निर्वाचित हुनसक्ने अवस्था थियो।
राष्ट्रियसभामा प्रदेश १ बाट निर्वाचित हुने अन्य ५ पदमध्ये खुल्लामा ३ जनाको लागि ५ जनाले उम्मेदवारी दिएका छन्।
त्यस्तै दलित एक जनाको कोटाको लागि २ जना तथा अल्पसंख्यक वा अपांगता भएकाको १ जनाको कोटाको लागि ३ जनाको उम्मेदवारी परेको छ।
प्रदेश २ मा ५ जना निर्विरोध
सबैभन्दा कम उम्मेदवारी परेको प्रदेश २ मा ३ महिलासहित १ दलित र १ अपांग रअल्पसंख्यक निर्विरोध भएका छन्।
त्यहाँ खुलातर्फका ३ सिटका लागि ४ जनाको उम्मेदवारी परेको छ।
अल्पसंख्यकमा राजपा नेपालका वृषेशचन्द्र लाल र दलितमा संघीय समाजवादी फोरम नेपालका रामप्रित पासवान गरी दुई क्लष्टरमा एक–एक जनाको मात्रै उम्मेदवारी पर्दा दुबैजना राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन् ।
दुई नम्बर प्रदेशमा तीन सिट रहेको महिलातर्फ माओवादी केन्द्रबाट शशिकला दाहाल, नेपाली काँग्रेसबाट मुक्ति यादव र संघीय समाजवादी फोरम नेपालबाट प्रमिला कुमारी यादवले उम्मेदवारी दर्ता गराएका छन् ।
तीन जना निर्वाचित हुनपर्ने अन्य समुहमा चारजनाले उम्मेदवारी दर्ता गराएका छन् ।
राजपा नेपालबाट रमेश यादव, नेकपा एमालेबाट सुमनराज प्याकुरेल, नेपाली काँग्रेसबाट जितेन्द्रनारायण देव र नेपाल संघीय समाजवादी पार्टीबाट मोहम्मद अख्तर हुसैनले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीले जनाएका छन् । राष्ट्रियसभा निर्वाचनका लागि अल्पसंख्यकतर्फ उम्मेदवारी दिन गएका माओवादी केन्द्रका नेता नरेन्द्र साह कानुले उम्मेदवारी दर्ता गराउन पाएनन् ।
३ नं प्रदेशमा सबै समूहमा प्रतिस्पर्धा
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रदेश नं. ३ मा १७ जनाको उम्मेदवारी परेको छ । नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र र नेपाल मजदुर किसान पार्टीले राष्ट्रिय सभा निर्वाचनका लागि मनोनयन पत्र दर्ता गराएका छन् ।
एमालेबाट ६, कांग्रेसबाट ४, नेककिपाबाट ४ माओवादी केन्द्रबाट २ र राप्रपाबाट १ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
महिलामा ६ जना , दलित र अल्पसंख्यक तीन÷तीन जना र अन्य ५ जनाको उम्मेदवारी परेको छ ।
नेकपा एमालेबाट बलराम बास्कोटा, बेदुराम भुसाल, सिंहबहादुर विक, उदय शर्मा, रामचन्द्र राई र दिलकुमारी थापा रावल (पार्वती)ले उम्मेवारी दर्ता गराएका छन् ।
यस्तै माओवादी केन्द्रबाट राम बहादुर थापा (बादल) र गंगा पराजुलीले उम्मेदवारी दर्ता गराएका छन् ।
नेपाली कांग्रेसबाट राधेश्याम अधिकारी, धन खतिवडा, मदनकृष्ण श्रेष्ठ र हरिशरण नेपालीले उम्मेदवारी दिएका छन् ।
यस्तै नेपाल मजदुर किसान पार्टीबाट हिमालेश्वर लाल मुल, श्याम विशुङ्खे, गीता काफ्ले र कृष्ण बहादुर तामाङले उम्मेदवारी दर्ता गराएका छन् ।
प्रदेश ४ मा १२ जनाको उम्मेदवारी
राष्ट्रिय सभा सदस्यका लागि प्रदेश नं. ४ मा विभिन्न दलका १२ जनाले मनोनयन दर्ता गराएका छन्।
बाम गठबन्धनको एमाले र माओवादीले राष्ट्रियसभाको लागि ६ सिटमा मनोनयन दर्ता गरेको छ। नेकपा एमालेबाट ४ जना र नेकपा माओवादी केन्द्रबाट २ जनाले उम्मेदवारी दिएका छन्। एमालेबाट पर्वतका गणेश तिमिल्सिनाले खुलातर्फ, बाग्लुङकी शान्ति अधिकारी र लमजुङकी दीपा गुरुङ महिलातर्फ, स्याङजाका रामबहादुर थापाले अपाङ्गतर्फबाट मनोनयन दर्ता गरेका छन् ।
माओवादी केन्द्रबाट बाग्लुङका दिननाथ शर्मा र स्याङजाका खिम बहादुर विकले मनोनयन दर्ता गराएका छन् । शर्माले खुलातर्फ र विकले दलिततर्फबाट उम्मेदवारी दिएका हुन्।
यस्तै, कांग्रेसले पनि खुला, महिला, दलित र अपाङ्ग सिटको लागि मनोनयन दर्ता गराएको छ। खुलामा कास्कीका सुरेन्द्र पाण्डे, महिलातर्फ तनहुँकी वृन्दादेवी आलेमगर, दलिततर्फ पर्वतका जितबहादुर सुनार र तनहुँका प्रकाश पन्तले अपाङ्गतर्फबाट मनोनयन दर्ता गराएका हुन्।
राष्ट्रिय जनमोर्चाबाट बाग्लुङका कृष्ण अधिकारीले खुला र बाग्लुङकै मिना पुनले महिलातर्फबाट उम्मेदवारी दर्ता गराएकी छन्।
प्रदेश ५ मा ३ महिला निर्विरोध
प्रदेश ५ बाट राष्ट्रियसभामा कोमल वलीसहित ३ जना निर्विरोध राष्ट्रियसभा निर्वाचनमा प्रदेश ५ बाट महिला सिटमा कोमल वलीसहित ३ जनाको मात्र उम्मेदवारी परेको छ ।
राष्ट्रियसभामा प्रदेश ५ बाट नेकपा एमालेका उम्मेदवारहरु कोमल वली र मीना बुढा तथा नेपाली कांग्रेसकी अनिता देवकोटाको मात्र उम्मेदवारी परेको निर्वाचन अधिकृत हेमन्त रावलले जानकारी दिए ।
६ नं प्रदेशमा १२ जनाको उम्मेद्वारी
राष्ट्रियसभा निर्वाचनका लागि प्रदेश ६ बाट १२ जनाको उम्मेदवारी परेको छ। राष्ट्रियसभा सदस्यका लागि नेपाली कांग्रेसबाट चा४र, नेकपा (एमाले)बाट ५ र माओवादी केन्द्रबाट ३ जनाको उम्मेदवारी परेको छ।
मुख्य निर्वाचन अधिकृत मेदिनीप्रसाद पौडेलका अनुसार दलित सदस्यतर्फ २, महिला सदस्यतर्फ ४, अपाङ्ग तथा अल्पसंख्यकतर्फ २र अन्यमा ४ जनाको उम्मेदवारी परेको छ।
कांग्रेसबाट दलिततर्फ सल्यानका ७० वर्षीय मित्रलाल सार्की, महिलातर्फ मुगुकी सूर्यदेवी मल्ल, खुल्लातर्फ कालीकोटका ७२ वर्षीय विष्णुबहादुर शाही र अपाङ्गतर्फ पश्चिम रुकुमका ६८ वर्षीय गोपालप्रसाद शर्माले उम्मेदवारी दर्ता गराएका छन्।
एमालेबाट दलिततर्फ कालीकोटका ५५ वर्षीय नरपति लुवार, हुम्लाकी कविता बोगटी र सुर्खेतकी नन्दा चपाई, खुल्लातर्फ जाजरकोटका भैरवसुन्दर श्रेष्ठ र पश्चिम रुकुमका ठगेन्द्रप्रकाश पुरीले पनि उम्मेदवारी दर्ता गराएका छन्।
यस्तै माओवादी केन्द्रबाट महिलातर्फ मुगुकी युटुन तामाङ, खुल्लातर्फ जाजरकोटका कालीबहादुर मल्ल र अपाङ्ग तथा अल्पसंख्यकमा कालीकोटका जीवन बुढाले उम्मेदवारी दर्ता गराएका छन्।
७ नं प्रदेशमा ६जना निर्विरोध
प्रदेश नं. ७ बाट राष्ट्रिय सभाका लागि ६ सदस्य निर्विरोध भएका छन् ।
वाम गठबन्धनको तर्फबाट चार र नेपाली कांग्रेसको तर्फबाट दुई गरी ६ जना निर्विरोध भएका हुन ।
बुधवार भएको उम्मेदवारी मनोनयनको क्रममा खुला र महिला तर्फ आवश्यक सदस्य संख्यामा मात्रै उम्मेदवारी परेपछि तीन महिला र खुला सदस्यहरु निर्विरोध हुने निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
निर्विरोध हुनेहरुमा खुलातर्फ एमाले अछामका अध्यक्ष एवं पूर्व सभासद् शेरबहादुर कुँवर, नेपाली कांग्रेसका केन्द्रीय सदस्य बद्रीप्रसाद पाण्डे र नेकपा माओवादी कैलाली जिल्ला इन्चार्ज हरिराम चौधरी ‘उत्सव’ रहेका छन ।
यस्तै महिलातर्फ एमाले केन्द्रीय सहरी बिकास बिभाग सदस्य ईन्दु कडरिया, कैलाली जिल्ला कमिटी सदस्य कमला वली र नेपाली कांग्रेसका उम्मेदवार तथा पूर्व शिक्षिका तारादेवी भट्ट रहेका छन ।
दलित र अल्पसंख्यकरअपाङ्गको निर्वाचन हुनेछ ।
दलितमा वाम गठबन्धनको तर्फबाट एमाले नेता चक्रप्रसाद स्नेही र कांग्रेसको तर्फबाट शेरीराम पार्कीको उम्मेदवारी परेको छ ।
यस्तै अपाङ्गरअल्पसंख्यकमा वाम गठबन्धनको तर्फबाट महेशकुमार महरा र कांग्रेसको तर्फबाट छत्रराज जोशीले उम्मेवारी दर्ता गरेका छन ।
५९ सदस्यीय राष्ट्रिय सभामा एक जना महिला सहित ३ जना नेपाल सरकारको सिफारिसमा राष्टपतिले मनोनित गर्ने व्यवस्था छ ।