Prakash Adhikari July 8, 2020

 

काठमाडौं, २४ आषाढ । यही आषाढ २० गते शनिवार बाँडफाँट भएको एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाको सेयर बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

विक्री बन्द भएको सातादिनभित्रै आईपीओ बाँडफाँट गर्न सफल एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले सूचीकरण प्रकृयामा पनि नयाँ अभिलेख कायम गरेको छ ।

कम्पनीले असार १० गतेदेखि १४ गतेसम्म कुल ४७ लाख ५५ हजार कित्ता मध्ये ७४ हजार कर्मचारीहरुको लागि सुरक्षित गरी २ लाख ३७ हजार ८०० कित्ता सामूहिक लगानी कोषको लागि बाँडफाँट पश्चात बाँकी ४४ लाख ४३ हजार २०० कित्ता शेयर सार्वजनिक निष्कासन मार्फत बिक्री गरेको थियो ।

कम्पनीले संस्थापकतर्फको १ करोड ४५ हजार र सर्वसाधारण तर्फको ४७ लाख ५५ हजार कित्ता गरि कुल १ करोड ४८ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत गराएको हो ।

बिहीवारदेखि कारोबार गर्न सकिने यो शेयरको पहिलो कारोबारका लागि नेप्सेले रू. ११० दशमलव ४३ देखि ३३१ दशमलव २९ को मूल्य तोकेको छ ।

Share Now

Leave a comment.