Prakash Adhikari July 8, 2020

 

काठमाडौँ, २४ आषाढ । नेपालमा विगत २४ घण्टामा थप २ सय ५५ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको ‘प्रेस ब्रिफिङ’मा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थप २ सय ५५ जनामा कोरोनाको संक्रमण देखिएको बताउनुभएको छ ।

योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या १६ हजार ४ सय २३ पुगेको छ ।

तीमध्ये ७ हजार ७ सय ५२ जना निको भएका छन् भने ३५ जनाको मृत्यु भएको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा २ सय ५३ जना भाइरसमुक्त गएर घर फर्किएको बताउनुभएको छ।

https://www.facebook.com/mohpnep/videos/270888677513294/

अहिले देशभरि आइसोलेशनमा ८ हजार ६ सय ३६ जना छन्। उनीहरू सक्रिय सङ्क्रमित हुन्।

गत असार १९ गते सर्वाधिक ७ सय ४० जनामा सङ्क्रमण पुष्टि भएको थियो।

सोमवार विगत पाँच हप्तामा सबैभन्दा कम १ सय ८० सङ्क्रमित फेला परेको मन्त्रालयले जनाएको छ।

बुधवार पुष्टि भएका सङ्क्रमित काठमाण्डू उपत्यकासहित विभिन्न जिल्लाका हुन्।

विगत २४ घण्टामा पीसीआर विधिबाट ४ हजार ६ सय ९६ वटा परीक्षण भएको मन्त्रालयले जनाएको छ।

यससँगै अहिलेसम्म पीसीआर विधिबाट भएका परीक्षणको सङ्ख्या २ लाख ६६ हजार ४ सय ५७ पुगेको छ।

अहिले देशभरि क्वारेन्टाइनमा २५ हजार ४० जना छन्।

 

नेपालमा कोरोनाभाइरस सङ्क्रमण


असार २४ गते बुधवार अपराह्ण ४ :३० बजेसम्मको तथ्याङ्क

  • १६,४२३ कुल सङ्क्रमण
  • २५३ विगत २४ घण्टामा घर फिर्ता
  • विगत २४ घण्टामा पीसीआर परीक्षण ४,६९६
  • सक्रिय सङ्क्रमित ८,६३६
  • देशभरि क्वारन्टीनमा २५,०४०
  • अहिलेसम्म निको ७,७५२

स्रोतः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय

देशका ७७ वटै जिल्लामा कोरोनाभाइरस पुगेको भए पनि मन्त्रालयका मङ्गलवार बताए अनुसार अहिले तेह्रथुम, भोजपुर, सोलुखुम्बु र हुम्ला जिल्लामा सक्रिय सङ्क्रमण भएका व्यक्तिको सङ्ख्या शून्य छ।

तर महोत्तरी, रौतहट, पाल्पा, अछाम, कैलाली र बाजुरामा सङ्क्रमितको सङ्ख्या ५ सय भन्दा बढी छ।

अहिलेसम्म कोरोनाभाइरसबाट प्रदेश नं २, ५ र कर्णाली प्रदेशमा सर्वाधिक सङ्ख्यामा मानिसहरू सङ्क्रमित भएका छन्।

सुदूरपश्चिम प्रदेशमा उल्लेख्य सङ्ख्यामा सङ्क्रमण बढेको छ। त्यहाँ सक्रिय सङ्क्रमण भएका व्यक्तिको सङ्ख्या अन्यत्रको भन्दा बढी भएको मन्त्रालयको तथ्याङ्कले देखाउँछ।

Share Now

Leave a comment.