Prakash Adhikari July 10, 2020

काठमाडौं, २६ बैशाख । आजदेखि आरम्भ हुने अपेक्षा गरिएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटी बैठक पुनः एक साताको लागि स्थगित भएको छ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले केही समय अगाडि सामाजिक सञ्जाल ट्वीटरबाट बैठक सात दिनका लागि स्थगित भएको जानकारी गराउनुभएको छ।

देशमा भइरहेको भारी वर्षा र बाढी पहिरोको कारण बैठक स्थगित गर्नुपरेको प्रवक्ता श्रेष्ठको भनाई छ।

आफ्नो ट्वीटर खातामार्फत प्रवक्त श्रेष्ठले भन्नुभएको छ, ‘देशभर भैरहेको अतिबृष्टि र सिन्धुपलाञ्चोक लगायत केही जिल्लाहरुमा जनधनको ठूलो क्षतिसमेत भइसकेको स्थितिमा सम्पुर्ण पार्टीपंती उद्दार एवं राहातमा लाग्न र आसन्न संभावित क्षतिलाई सकेसम्म रोक्ने कार्यमा लाग्न पार्टी केन्द्रीय कार्यालयको तर्फबाट निर्देशन दिँदै स्थायी कमिटीको बैठक ७ दिन स्थगित।’

१० असारदेखि सुरु भएको नेकपा स्थायी कमिटी बैठक पटक(पटक स्थगित हुँदै आएको छ।

प्रधानमन्त्री के.पी.शर्मा ओलीले पार्टीसंगको सम्पर्क, सल्लाह र सहमति वेगर पार्टीको स्थायी समितिको बैठक बालुवाटमै बसिरहेको बेला बालुवाटारमै आफ्नो निवासको बैठक कक्षमा मन्त्रिपरिषद्को आकास्मिक बैठक सम्पन्न गरी संघीय संसदको बजेट अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवीलाई सिफारिस गरेपछि रोकिएको स्थायी स समितिको बैठक त्यसपछि बस्न सकेको छैन् । दुई पार्टी अध्यक्षबीच परामर्श गरेर सहमति कायम भएपछि बैठक गर्ने गरी पहिलो पटक एक दिन स्थगित गरिएको बैठक त्यसपछि लगभग २ । २ दिनको दरले स्थगन लम्बिदै गएको थियो ।

विवाद समाधानका लागि ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच तीनदिनसम्म एक्ला एक्लै वार्ता भएपनि सहमतीको विन्दु फेला परेको छैन।

पार्टीका दुई अध्यक्षहरु बुधबारसम्म नियमित सम्पर्क र सम्बादमा रहेपनि बुधबारको बैठकमा प्रधानमन्त्री ओलीले एकल पार्टी अध्यक्ष बन्ने भए पार्टीको आगामी महाधिवेशनसम्म धैर्य गर्न र प्रधानमन्त्री बन्ने भए आगामी चुनावसम्म धैर्य गर्न कडा जवाफ दिएपछि लगभग टुंगिएको छ । यसैले बिहिबार दुवै नेताबीच कुनै सम्पर्क र सम्बाद हुन सकेन ।

प्रधानमन्त्री ओलीका विरुद्धमा रहेका बहुमत स्थायी समितिका सदस्यहरुले प्रधानमन्त्री ओलीले एक पद छोड्नु पर्ने प्रस्ताव स्थायी समितिमा लिखित रुपमा लैजाने तयारी गरेपछि आजको बैठक बाढी पहिरोलाई कारण देखाएर स्थगन गरिएको छ ।

जारी स्थायी कमिटी बैठकमा १८ गतेसम्म बोल्ने अधिकांश सदस्यले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको चर्को आलोचना गरेका छन्।

बृद्धावस्था, दीर्घ रोगले जीर्ण शरिर र कोरोना महामारीले थलिएको देशको आर्थिक सामाजिक विकासका लागि राज्य सञ्चालनमा अहोरात्र खटिनु पर्ने आवश्यकताका कारण प्रधानमन्त्री ओलीमाथि प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पदबाट राजीनामा दिएर विश्राम लिन पार्टीभित्रबाट चर्को दवाव आएको छ । उहाँमाथि राज्यमा सुशासन कायम गर्न नसकेको आरोप पनि लागेको छ ।

Share Now

Leave a comment.