Prakash Adhikari July 10, 2020

काठमाडौं, २६ आषाढ । नेपाल र नेपालीविरुद्ध अनर्गल, तथ्यहीन तथा आपत्तिजनक सामग्री प्रशारण गरेको भन्दै भारतीय न्यूज च्यानलहरुको नेपाल प्रशारण बन्द गरएको छ।

विदेशी च्यानल वितरक मल्टि सिस्टम अपरेटर (एमएसओ) हरुले नेपालमा दूरदर्शनबाहेकका भारतीय न्युज च्यानलहरुको प्रसारण रोक्ने निर्णय गरेका हुन्।

वितरकहरुले आजदेखि भारतीय न्युज च्यानलको प्रसारण रोकेको बताएका छन्।

घटिया भारतिय न्यूज च्यानल !! नेपालमा ...

नेपाल केवल टेलिभिजन महासंघको बिहिबार बसेको बैठकले भारतीय समाचार च्यानल क्रमशः बन्द गर्दै जाने निर्णय गरेको हो ।

महासचिव रामकुमार बस्नेतले नेपालको राष्ट्रियता र राजनीतिक नेतृत्वमाथि आँच पुर्‍याउने खालका सामग्री प्रशारित गर्न थालेपछि ती च्यानल बन्द गर्ने निर्णय भएको जानकारी दिनुभयो।

Indian News channels - Teekhi Mirchi

उहाँले राष्ट्रियताको रक्षाका लागि भारतीय सञ्चारमाध्यममाथि रोक लगाइएको बताउनुभयो ।

Share Now

Leave a comment.