Prakash Adhikari July 10, 2020

 

काठमाडौं, २६ आषाढ । लम्जुङको बेसिशहर नगरपालिका वडा नम्बर ७ सातबिसेमा बिहिबार राती गएको पहिरोमा घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

गएराति करिब ११ बजे ढुंगासहितको पहिरोले घर पुरिँदा दीपक तामाङ, उनकी श्रीमती र छोराको मृत्यु भएको हो ।

अविरल बर्षाले पहिरो गएर घर पुरिदा लमजुङको बेसीसहर नगरपालिका ७, सातबिसेमा बिहीबार राति एकै परिवारका ३ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा अन्दाजी बर्ष ३०/३२ का दीपक तामाङ, अन्दाजी २५/२६ बर्षकी बिमाया तामाङ र अन्दाजी ८/९ बर्षका छेवाङ तामाङ छन् ।

उक्त घरमा बस्ने अन्य ३ जना सामान्य घाइते रहेको र लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचार भइरहेको  छ ।

जिल्ला प्रहरी कार्यालय लमजुड.का अनुसार पहिरोमा पुरिएको अवस्थामा उनीहरुलाई उद्धार गरेर अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।
दीपककी आमा, बुवा र छोरी भने आफन्तको घरमा गएकाले जोगिएका छन् ।

गएराति नै लमजुड.को क्व्होलासोथार गाउँपालिका वडा नम्बर ३ का तुलबहादुर गुरुङको घर पहिरो परेको छ । पहिरोमा परेर तुलबहादुरकी बुहारी र एक जना बच्चा घाइते भएका छन् ।

उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय लमजुड.ले जनाएको छ ।

Share Now

Leave a comment.