Prakash Adhikari July 12, 2020

मुम्बई(भारत), २८ आषाढ । भारतीय सिने जगतका विख्यात अभिनेता अमिताभ बच्चन र उहाँका सुपुत्र अभिनेता अभिषेक बच्चनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

कोरोना भाइरस पुष्टि भएलगत्तै अमिताभ बच्चनलाई शनिवार अबेर राति मुंबई के नानावती अस्पतालमा भर्ना गरिएको छ ।

महाराष्ट्रका स्वास्थ्य मन्त्री राजेश टोपे ने समाचार एजेंसी एएनआईलाई, अमिताभ बच्चन र अभिषेक बच्चन का एंटीजेन परीक्षा गराउदा दुवैमा कोरोना भाइरस पुष्टि भएको बताउनुभएको छ। उहाँले बच्चन परिवारकाजया बच्चन र ऐश्वर्या राय बच्चनको पनि कोरोना भाइरस परीक्षण भएको र तिनीहरुको प्रतिवेदन आइतबार आउने बताउनुभएको छ ।

आफूलाई कोरोना भाइरस संक्रमण भएको पुष्टि हुनासाथ बलिउडका महानायक अमिताभ बच्चनले सामाजिक सञ्जालमा आफ्नो ट्रवीटरमार्फत आफ्नो स्वास्थ्यको बारेमा जानकारी दिंदै मलाई कोरोना भाइरसको संक्रमा देखिएकोले अस्पताल भर्ना गरिएको छ । परिवारका अन्य सदस्य र सहकर्मीहरुको पनि कोरोना भाइरस परीक्षण गरिएको तर नतिजा आउन बाँकी रहेको जानकारी दिनुभएको छ ।

उहाँले विगत १० दिन यता आफ्नो सम्पर्कमा आउनुभएका सबैलार्य कोरोना भाइरस परीक्षण गराएर आफने स्वास्थ्यको बारेमा ढुक्क हुन अनुरोध पनि गर्नुभएको छ ।
अमिताभ बच्चनको अस्पताल भर्ना गरिएपछि प्राप्त अर्को परीक्षण रिपोर्टमा उहाँका सुपुत्र अभिषेक बच्चनमा पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

अभिषेकले पनि आफ्नो ट्वीटरमा आफ्ना पिता र आफू दुवै जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको उल्लेख गर्नुभएको छ । उहाँले सामान्य लक्षण देखिनासाथ आफूहरु अस्पताल भर्ना भएको र तर्सनु पर्ने कुनै कारण नभएको उल्लेख गर्नुभएको छ । उहाँले आफूहरु बृहत्तमुम्बई नगरपालिकाको सम्पर्कमा रहेको र सबै नियमहरुको पालना गरिरहेको पनि जनाउनुभएको छ ।

 

७७ बर्षीय बलिउड अभिनेता अमिताभ बच्चन आधा शताब्दीदेखि भारतीय फिल्म उद्योगमा एकछत्र राज गर्ने नायकमा पर्नुहुन्छ । उहाँले हालसम्म २ सय भन्दबढी फिल्महरुमा अभिनय गर्नुभएको छ । अभिषेक बच्चनले पनि ५० भन्दाबढी फिल्ममा अभिनय गर्नुभएको छ ।

भारतीय महानायक अमिताभ र उहाँको परिवारका सदस्यहरुको सुस्वास्थ्यको कामना गर्दै धेरै फिल्मकर्मीहरुले सामाजिक सञ्जालमा शुभकामना सन्देश दिनुभएको छ । रीतेश देशमुखले आफ्नो ट्वीटरमा अमिताभ र अभिषेक बच्चनको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

यस्तै अभिनेता मनोज बाजपेयी, परिनीति चोपड़ा, अमीशा पटेल, चिरंजीवी समेत कई लोगों ने अमिताभ बच्चनको स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

 

Share Now

Leave a comment.