Prakash Adhikari July 11, 2020

 

काठमाडौं, २७ आषाढ(रासस) । तेत्तीस किलो सुनकाण्डका फरार प्रतिवादीलाई आज प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा फरार प्रतिवादी हरिशरण खड्का रहेको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक नीरजबहादुर शाहीले जानकारी दिनुभएको छ ।
प्रवक्ता शाहीका अनुसार खड््काका विरुछ इन्टरपोलमा ‘रेडकर्नर नोटिस’ जारी गरिएको थियो ।

अध्यागमनका कर्मचारीले खड्काको पहिचान गरेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि उनी पक्राउ परेको शाहीले जानकारी दिनुभयो ।

३३ किलो सुनकाण्डमा ७७ जनाविरुद्ध मुद्दा चलाइएको छ । अभियुक्त खड्का पछिल्लो समयमा युएई बस्दै आएको बताइन्छ ।

Share Now

Leave a comment.