Prakash Adhikari July 14, 2020

काठमाडौं, ३० आषाढ । हिन्दु धर्ममा भगवानको रुपमा पुजिने रामचन्द्र र उहाँको जन्मभूमिका सम्बन्धमा प्रधानमन्त्री के.पी शर्मा ओलीले सोमबार दिनुभएको अभिव्यक्तिले पार्टीभित्र र बाहिर चरम विवाद सिर्जना गरेको छ ।

कम्युनिष्ट पार्टीको अध्यक्षको हैसियतले धर्म र धार्मिक विवादमा तटस्थ रहन र आम नागरिकको धार्मिक आस्थाको सम्मान गर्न पार्टीभित्र र बाहिरबाट उहाँप्रति दया देखाउदै सुझावको ओइरो लागेको छ । सामाजिक सञ्जालमा उहाँप्रति खोइरो खन्नेहरुको पनि कमी देखिएको छैन् ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री बामदेव गौतमले त आफ्नो अभिव्यक्ति फिर्ता लिदैं जनतासमक्ष आत्मालोचना गर्न समेत सुझा दिनुभएको छ । उहाँले भन्नुभएको छ, ‘राम जन्मभूमिका सम्बन्धमा प्रधानमन्त्रीले दिनुभएको मन्तव्यबाट जुन राष्ट्रिय र अन्तर्राष्ट्रिय विवाद उत्पन्न गरेको छ त्यसको व्यापकतालाई ध्यानमा राख्दै उहाँले आफ्नो मन्तव्य फिर्ता लिदैं जनतासमक्ष आत्मालोचना गर्नु म उपयुक्त ठान्दछु । साथै प्राविधिक तथा इतिहासविद्हरुको टोली बनाई तत्सम्बन्धमा अनुसन्धान र तथ्य संकलनमा लाग्न प्रधानमन्त्री तथा पार्टी अध्यक्ष क=केपी ओलीलाई विनम्र अनुरोध पनि गर्दछु ।’

https://www.facebook.com/BamdevGautaam/posts/3262783573779206

प्रधानमन्त्रीका अर्का आलोचक स्थायी समिति सदस्य भीम रावलले ‘सीमा मिचिएको, तराईका बस्ती डुबानमा परेको एवम् कालापानी क्षेत्रबाट भारतीय फौज हट्नुपर्ने विषय उठाएर भारतसँग कुरा गर्नुपर्ने ‘  भन्दै विषयान्तर गर्न खोजेको टिप्पणी गर्नुभएको छ।

उहाँले ट्वीटरमा भन्नुभएको छ, ‘देशलाई गम्भीर असर पार्ने विषयमा पार्टी र सरकार कहीँ छलफल गर्नु नपर्ने कस्तो तन्त्र हो ?’

नेकपा स्थायी समिति सदस्य बेदुराम भुसालले पनि प्रधानमन्त्रीको कथन सुनेपछि आफैँ अचम्मित भएको बताउदै प्रश्न गर्नुभएको छ, ‘प्रधानमन्त्रीलाई अनावश्यक विषयमा बोल्न लगाएर विवादमा पारेर रमिता हेर्ने को हो ?

पार्टीको स्थायी समितिको बैठकमाा प्रधानमन्त्रीको राजीनामा माग गर्नुभएका वरिष्ठ नेता माधव नेपाल निकट मानिनुहुने भुसाल कुनै नयाँ तथ्य पत्ता लागेको हो भने पनि अनुसन्धानको निष्कर्ष प्रकाशित गरेर सरकारले निर्णय गर्न उचित हुने तर्क दिंदै भन्नुहुन्छ,’ हजारौं बर्ष पुरानो धार्मिक र पौराणिक विश्वासविरुद्धका विषय कुनै एक जनाले लेख लेखेर त हुँदैन। अकाट्य तथ्यमा आधारित हुनुपर्छ। आधार भए पनि सार्वजनिक रूपमा बोल्नुअघि त्यसबारे कसरी जाने भनेर एउटा टुङ्गो गरेर जानुपर्छ।’

उहाँले प्रश्न गर्नुभएको छ,’ हजारौँ वर्षदेखि अयोध्या त्यहाँ (भारतमा) हो भनेर मान्छे बसेका छन्। कुन चाहिँ फन्टुसले मैले अनुसन्धान गरेँ भनेर उहाँलाई बोल्न लगायो, फसायो। नत्र यस्तो कुरा पनि बोल्न हुन्छ ?’

ओली

नेकपाका विदेश विभाग उपप्रमुख राम कार्कीलाई पनि प्रधानमन्त्रीको अभिव्यक्ति उपयुक्त लागेको छैन। उहाँले राम र अयोध्याको प्रसङ्गलाई इतिहास हैन मिथकको रुपमा व्याख्या गर्दै आम नागरिकको धार्मिक आस्था र विश्वासको कुरा मात्रै भएकोले राजनेताहरूले त्यस्तो विषयमा नबोल्दा वेश हुने अरू कसैलेबाट प्रकट गराएको भए उचित हुने तर्क दिनुभएको छ ।

कतिपयले पछिल्ला दिनमा सरकारको काम र प्रधानमन्त्रीको अभिव्यक्ति भारतविरुद्ध लक्षित रहेको र त्यसमार्फत् ‘राष्ट्रवादी छवि’ प्रदर्शन गर्ने उद्देश्य लुकेको अर्थ लगाउने गरेको पाइन्छ।

तर पार्टीका विदेश विभाग उपप्रमुख कार्की भन्नुहुन्छ, ‘उहाँको आफ्नो जुन शैली छ, त्यही शैलीले होला। व्यवहारमा त्यस्ता कुराहरूले राष्ट्रवादलाई प्रवर्धन गर्छ कि गर्दैन भन्ने सबैले विचार गर्नुपर्छ।’

लिम्पियाधुरासम्मको भूभाग समेटेर नक्सा जारी गरेपछि रुष्ट भारतलाई प्रधानमन्त्रीले भारतको प्रतीक चिह्नबारे गरेको अभिव्यक्ति र हालैका दुईवटा अभिव्यक्तिले त्यो तिक्तता झनै बढाउने अवस्था सिर्जना भएको छ।

त्यसमा सहमत स्थायी समिति सदस्य भुसाल प्रधानमन्त्री जस्तो गरिमामय र जिम्मेवारीयुक्त पदमा आसिन व्यक्तिको गैरजिम्मेवार अभिव्यक्तिले दुई देशबीचको कूटनीतिक सम्बन्धमा नकारात्मक प्रभाव पार्ने र विवाद बढाउने बताउनुहुन्छ ।

परराष्ट्रको प्रष्टीकरण

प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्तिलाई बिभिन्न ढंगबाट ब्याख्या भएपछि परराष्ट्र मन्त्रालयले मगलबार एक विज्ञप्ति प्रकाशित गरी त्यसलाई ढाकछोप गर्ने प्रयत्न गरेको छ ।

परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री केपी शर्मा ओलीले राम जन्मभूमिबारे अभिव्यक्ति दिँदा अयोध्यालाई होच्याउने कुनै मनसाय नभएको बताउदै भनेको छ,‘प्रधानमन्त्रीको अभिव्यक्तिमा अयोध्याको महत्व र यसको साँस्कृतिक मूल्यलाई होच्याउन खोजिएको होइन ।’


Statement on clarification

Statement

Attention of the Government of Nepal has been drawn to the various interpretations of the remarks made yesterday by Prime Minister Rt. Hon. Mr. K P Sharma Oli during the 207th birth anniversary celebration of Adikavi Bhanu Bhakta Acharya, the author of the Ramayana in Nepali language. In this context, the Ministry of Foreign Affairs would like to clarify the following:

  1. The remarks made by the Prime Minister are not linked to any political subject and have no intention at all to hurt the feeling and sentiment of anyone.
  2. As there have been several myths and references about Shri Ram and the places associated with him, the Prime Minister was simply highlighting the importance of further studies and research of the vast cultural geography the Ramayana represents to obtain facts about Shri Ram, Ramayana and the various places linked to this rich civilization.
  3. The remarks were not meant to debasing the significance of Ayodhya and the cultural value it bears.

It may be underlined that the tradition of celebrating Bibaha Panchami where a marriage procession coming from Ayodhya, India to Janakpur, Nepal takes place every year. The Prime Ministers of Nepal and India launched the Ramayana Circuit in May 2018, of which Janakpur-Ayodhya Passenger Bus Service is an important component. These facts signify the bond of time honoured cultural affinity between our two countries and peoples.

Ministry of Foreign Affairs
Singh Durbar
Kathmandu  

14 July 2020 


परराष्ट्रले प्रधानमन्त्री ओलीको मन्तव्य कुनै पनि राजनीतिक विषयसँग सान्दर्भिक नभएको र कसैको भावनामा चोट पुर्‍याउने मनसाय नभएको भनी प्रष्ट्याएको छ।

‘श्री राम र उनीसँग जोडिएका ठाउँहरुसम्बन्धी बिभिन्न पौराणिक मान्यता र सन्दर्भहरु रहेको हुँदा रामायणले प्रतिनिधित्व गर्ने विशाल साँस्कृतिक भूगोल, श्री राम, रामायण र यो विशाल सभ्यताका सम्बन्धमा थप तथ्यहरु ल्याउनका लागि गर्नुपर्ने थप अध्ययन, अनुसन्धानको महत्वलाई प्रधानमन्त्रीबाट अझ जोड दिइएको मात्र हो,’ परराष्ट्रले भनेको छ।

परराष्ट्र मन्त्रालयले वर्षैपिच्छे विवाह पञ्चमीका दिन भारतको अयोध्याबाट नेपालको जनकपुरमा जन्ती आउने परम्पराको आफ्नै महत्व रहेको जनाएको छ।

‘नेपाल र भारतका दुई प्रधानमन्त्रीबाट मे २०१८ मा रामायण सर्किटको उद्घाटन गरिएको थियो र जनकपुर–अयोध्या यात्रु बससेवा त्यसको एउटा महत्वपूर्ण पक्ष हो,’ परराष्ट्रले भनेको छ, ‘यो तथ्यले पनि हाम्रा दुई देश र जनताबीचको सदियौं पुरानो सांस्कृतिक घनिष्टताको महत्वलाई उजागर गर्दछ।’

Modi's Nepal Visit: More Drama Than Substance | New Spotlight Magazine

राज्यका सम्पूर्ण निकायलाई सही र सद्मार्गमा लगाउनु पर्ने कर्तव्य भएको देशको कार्यकारी प्रमुख प्रधानमन्त्रीले गरेका गल्तीलाई राज्यका अन्य निकायहरुले ढाकछोप गर्न पर्ने अवस्था आउछ भने अरुले गर्ने गल्ती कमी कमजोरीलाई कसले सच्याउने हो ? सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको जारी स्थायी समितिको बैठकमा प्रधानमन्त्रीका बोली,बचन,व्यवहार र प्रतिशोधयुक्त मानसिक प्रवृत्तिका बारेमा पनि छलफल गर्न आवश्यक देखिएको छ ।

के नेपालको सबैभन्दा ठूलो र संघीय संसदमा झण्डै दुई तिहाई सीट जितेको, सात मध्ये ६ वटा प्रदेशमा एकलौटी सरकार बनाउन सफल, अधिकांश स्थानीय तह जितेको राजनीतिक दलले मुलुकलाई स्वस्थ्य, लचक,स्वच्छ छविको इमान्दार प्रधानमन्त्री दिने सामाथ्र्य राख्दैन ?

जनताले त भोट त्यसबेला बामपन्थी गठबन्धमा रहेका राजनीतिक दलको चुनावी घोषणापत्र हेरेर दिएका हुन्, चुनावमा भावि प्रधानमन्त्रीको नाम घोषणा भएको थिएन् । भावि प्रधानमन्त्रीको नाम उल्लेख भएको भए पार्टी एकीकरण हुँदा गरिएको चारबुँदे सहमतिमा आधा आधा समय सरकारको नेतृत्व गर्ने कुरा लेखिदैन थियो । संसदीय दलको नेता चुनेर प्रधानमन्त्रीमा प्रस्ताव गर्ने काम संबन्धित राजनीतिक दलको हो ।

प्रधानमन्त्री ओलीले प्रधानमन्त्री खाने भए अर्को चुनावको प्रतीक्षा गर्न भनेर अर्का अध्यक्ष पुष्पकमल दाहाललाई दिनुभएको घम्की नै अराजनीतिक छ । दलीय पद्धतिमा दलको निर्णय प्रधानमन्त्रीले समेत मान्नुपर्दछ । प्रधानमन्त्री ओली सत्ताको उन्मादमा निर्दलीय मार्गमा बुर्कुसी मारिरहनु भएको छ । यसै पनि उहाँमा राजा महेन्द्रको पथमा दौडने भूत सवार भएको आरोप लाग्दै आएको पनि छ ।

Share Now

Leave a comment.