Prakash Adhikari July 28, 2020

 

काठमाडौं, १३ साउन । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १९ हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौँतमले दिनुभएको जानकारी अनुसार विगत २४ घण्टामा थप ३ सय ११ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएसंगै कोरोना संक्रमितहरुको संख्या १९ हजार ६३ पुगेको छ ।

मङ्गलवार भएको पृष्टि सङ्ख्या असार १९ गते यताको सबैभन्दा ठूलो सङ्ख्या हो। असार १९ गते ७ सय ४० जनामा सङ्क्रमण पुष्टि भएपछि दैनिक सङ्क्रमण सङ्ख्या ओरालो लागेको थियो।

कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको पुष्टि भएसंग यस घातक भाइरसबाट नेपालमा जीवन गुमाउनेहरुको संख्या ४९ पुगेको छ ।

कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्यासँगै निको हुनेको सङ्ख्या पनि बढिरहेको छ। विगत २४ घण्टामा १ सय २१ जना निको भएसँगै अहिलेसम्म १३ हजार ८ सय ७५ जना यो रोगबाट मुक्त भएका छन्।

मन्त्रालयको तथ्याङ्कअनुसार अहिले सक्रिय सङ्क्रमण भएका कुल ५ हजार १ सय २९ व्यक्ति देशभर आइसोलेशनमा रहेका छन्।

काठमाडौं उपत्यकामा ५३ जना

मङ्गलवार थपिएका सङ्क्रमितमध्ये ५३ जना काठमाडौं उपत्यकाका रहेको मन्त्रालयले जनाएको छ।

तीमध्ये ४८ जना काठमाडौंका, ४ जना ललितपुर र एक जना भक्तपुरका रहेका छन्।

मङ्गलवार रौतहट र कैलालीमा ५०० भन्दा बढी सङ्क्रमित भेटिएको मन्त्रालयका प्रवक्ता प्रा. डा. गौतमले बताउनुभयो।

कोरोनाभाइरस ब्यानर

मृतक को हुन् ?

बझाङ जिल्ला बुङ्गल गाउँपालिकाका ६५ वर्षीय पुरुषको साउन ९ गते घरमै निधन भएको मन्त्रालयका प्रवक्ता प्रा. डा. गौतमले बताउनुभयो ।

दमका रोगी उनी असार २४ गते भारतबाट नेपाल आएको बताइएको छ।

कोरोनाभाइरस सङ्क्रमण

कोरोना परीक्षण र उपचार

विगत २४ घण्टामा पीसीआर विधिबाट ५ हजार ३२ वटा परीक्षण भएको मन्त्रालयले जनाएको छ। कुल पीसीआर परीक्षणको सङ्ख्या ३ लाख ५२ हजार ३ सय ७ रहेको छ।

अहिले देशभरिका क्वारेन्टाइनमा १५ हजार ३ सय ३१ जना छन्।

प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार निकट भविष्यमा दैनिक १८ हजारभन्दा धेरै पीसीआर परीक्षण गर्न सक्ने क्षमता विकास भइरहेको छ।

Share Now

Leave a comment.