Prakash Adhikari August 11, 2020

काठमाडौं, २७ साउन । नेपालमा कोरोनाभाइरसका कारण विगत २४ घण्टामा थप चार जनाको मृत्यु भएको पुष्टि भएको छ र यससंगै कोरोना भाइरसको घातक संक्रमणबाट नेपालमा ज्यान गुमाउनेहरुको संख्या ८३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलवार विगत २४ घण्टामा थप ६ सय ३८ जना सङ्क्रमित भएको जनाएको छ। यससंगै कुल संक्रमितहरुको संख्या सङ्क्रमित व्यक्तिहरूको कुल सङ्ख्या २३ हजार ९ सय ४८ पुगेको छ।

मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार अहिले देशभरि ७ हजार २ सय १ जनामा सक्रिय सङ्क्रमण रहेको अवस्था छ।

अहिलेसम्म भाइरसमुक्त भएका सङ्क्रमितको सङ्ख्या १६ हजार ६ सय ६४ पुगेको छ भने विगत २४ घण्टामा १ सय ७१ निको भएका थिए।

कोरोना भाइरसको संक्रमणबाट मर्नेहरुको संख्या पछिल्ला दिनहरुमा बढ्दै गएको छ । विगत छ दिनमा नेपालमा कोरोनाभाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २३ पुगेको छ।

कोरोनाभाइरस
मन्त्रालयले सोमवार ३ सय ३८ जनामा सङ्क्रमण भएको र चार जनाको मृत्यु भएको पुष्टि गरेको थियो।

यसअघि असार ४ गते ६ सय ७१ जना र साउन १९ गते ७ सय ४० जनामा सङ्क्रमित फेला परेका थिए।

मङ्गलवार पुष्टि भएको सङ्ख्या दैनिक वृद्धि भएको सङ्क्रमितको तेस्रो उच्च सङ्ख्या हो।

अहिले पुष्टि भएका मृतकमध्ये दुई जना धनुषाका र एक(एक जना काभ्रेपलान्चोक र सिन्धुपाल्चोक जिल्लाका हुन्।

संक्रमित कहाँका

मन्त्रालयका अनुसार अहिले काठमाडौं उपत्यकामा सर्वाधिक १ सय ३४ सङ्क्रमित फेला परेका हुन्।

तीमध्ये काठमाडौंका १ सय १० , ललितपुरका १६ र भक्तपुरका ८ जना छन्।

त्यसैगरी पर्सामा ७० जना, बारामा ३९ जना, मोरङमा ३८ जना र सुनसरीमा ३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

मन्त्रालयका अनुसार अहिले पर्सा, रौतहट, महोत्तरी र काठमाण्डू जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ५ सय भन्दा बढी छ।

अहिलेसम्म सङ्क्रमित भएका स्वास्थ्यकर्मीको सङ्ख्या १ सय ८३ पुगेको छ।

परीक्षणको स्थिति
अहिलेसम्म प्रदेश नं २ मा सर्वाधिक ३ हजार ३ सय ४७ र वाग्मतीमा १ हजार ३ सय ५२ सक्रिय सङ्क्रमित छन्।

देशभरि २ सय २४ सङ्क्रमित घरमै आइसोलेशनमा र गम्भीर समस्या भएका ८३ सङ्क्रमित सघन उपचारमा छन्।

तीमध्ये तीन जना भेन्टिलेटरमा भएको मन्त्रालयले जनाएको छ।

यसरी बढिरहेको छ कोरोनाभाइरस सङ्क्रमण

यसरी बढिरहेको छ कोरोनाभाइरस सङ्क्रमण
मन्त्रालयका अनुसार क्वारेन्टाइनमा रहेका मानिसको सङ्ख्या ११ हजार भन्दा केही बढी छ।(बीबीसीबाट)

Share Now

Leave a comment.