Prakash Adhikari January 26, 2018

लन्डन(यूके) । तमु धीं यूके र गोर्खाली समाज यूकेले गैर आवासीय नेपाली संघका केन्द्रिय अध्यक्ष भवन भट्टसहितका पदाधिकारीहरुलाई अल्डरसटस्थित भेटघाट रेष्टुरेन्टमा स्वागत तथा सम्मान सम्मान गरेका छन् ।

तमु धीं यूके अध्यक्ष ज्ञाम गुरुङ र गोरखा जिल्ला समाज यूकेका अध्यक्ष जयप्रकाश गुरुङले अध्यक्ष भट्ट, उपाध्यक्षद्वय कुमार पन्त, कुल आचार्य, सह कोषाध्यक्ष सोम सापकोटा, डेपुटी रिजनल वुमन कोअर्डिनेटर संगीता मरहट्ठा लगायतलाई गुरुङ परम्परागत संस्कृति अनुसार फेटा र दोसल्लाले सम्मान गरे ।

सो अवसरमा अध्यक्ष भट्टले दुवै संस्थाप्रति आभार व्यक्त 
गर्दै विगत जस्तै भविष्यमा पनि नेपाल र नेपालीको हितका लागि गरिने जुनसुकै मानवीय काममा एनआरएनएको सहयोग र सहकार्य रहने वचन दिए ।

तमुधिं यूके अध्यक्ष ज्ञाम गुरुङले सामाजिक क्षेत्रमा नेपाल र सम्पूर्ण नेपालीको हित हुने कार्यमा संस्था अग्रसर भएको जनाउंदै संस्थाले बेलायतमा 
वर्षेनी दुई ठूला इभेन्ट गोर्खा कप र नेपाली मेला आयोजना गरि सबैको मन जित्न सफल भएको बताए ।

भट्टले भूकम्प र बाढी पीडितका लागि तमु धीं यूकेले गरेका कार्यहरुको प्रशंसा 
गर्दै नेपाली मेलामा बेलायत आउने आश्वासन दिए ।

उक्त कार्यक्रममा उपाध्यक्षद्वय पन्त र आचार्यले शुभकामना व्यक्त गर्दै आफूहरुले तमु धीं यूकेसंग समन्वय गरि धेरै काम गरेको अनुभव सुनाए ।

कार्यक्रममा तमु धीं यूके कार्यसमितिका सदस्य, सल्लाहकार, सदस्यहरु, इकाई अध्यक्ष, युवा, आमा समूह र आजीवन सदस्यहरु एवं 
गोरखाली समाज यूकेका कार्यसमितिका पदाधिकारी सहित सदस्यहरुको उपस्थिति रहेको थियो ।

एनआरएनए यूके उपमहासचिव विनय अधिकारीले सञ्चालन गरेको उक्त कार्यक्रममा तिलकुमारी गुरुङले स्वागत मन्तव्य दिएकी थिइन् ।

Share Now

Leave a comment.