Prakash Adhikari January 26, 2018

लिस्बन, पोर्तुगल ।पोर्तुगलको राजधानी लिस्बन निकट मन्तेजो पिकोइसमा बिहीबार भएको सवारी दुर्घटनामा एक नेपाली युवतीको मृत्यु भएको छ भने अन्य ७ जना घाइते भएका छन् । घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको छ ।

दुर्घटनामा परी चितवनकी चेतमाया कुलालको घटनास्थलमै मृत्यु भएको हो। सो दुर्घटनामा चितवनकै अनिशा विश्वकर्माको अवस्था गम्भीर रहेको छ ।

सामान्य घाइते हुनेहरुमा आरती श्रेष्ठ राई, उषा बर्तौला, अनिशा बिक, अल्का भेटवाल , तुफेल मोहम्मद आदि रहेका छन्। घाइतेहरुको स्थानीय सेतुबल अस्पतालमा उपचार भइरहेको जानकारी एनआरएन पोर्तुगलले दिएको छ ।

स्थानीय समयअनुसार बिहान करिब ७ः ४५ बजेतिर ” क्यापिटल फर वोर्क” नामक नेपाली कम्पनीले आफ्ना कामादारहरुलार्इ ड्यूटीमा लैजाने जाने क्रममा गाडी पल्टेर दुर्घटना भएको हो।
गणेश ज्ञवालीद्वारा संचालित “क्यापासिटी फर वर्क” नामक कामदार कम्पनीमा कार्यरत तामाङ्ग केही महिनाअघि मात्र पोर्चुगल आएकी हुन।

Share Now

Leave a comment.