Prakash Adhikari August 13, 2020

काठमाडौं, २९ साउन(बीबीसी) । अमेरिकामा डेमोक्र्याटिक पार्टीका राष्ट्रपतिका उम्मेदवार जो बाइडेन र उपराष्ट्रपतिकी उम्मेदवार कमला ह्यारिसले राष्ट्रपति डोनल्ड ट्रम्पलाई अक्षम नेताको आरोप लगाउनुभएको छ।

दुवै जनाले ट्रम्पले अमेरिकालाई ‘जीर्ण बनाएको’ पनि दाबी गर्नुभएको छ।

बाइडेनले उपराष्ट्रपतिमा ह्यारिसलाई चयन गरेको भोलिपल्ट दुवै जना चुनावी अभियानमा सँगै देखिनुभएको हो।

राष्ट्रपति ट्रम्पले त्यसको प्रतिउत्तर दिँदै ह्यारिस आफ्नो राष्ट्रपति अभियानमा ‘चट्टानजस्तै खसेको’ बताउनुभयो।

नोभेम्बरमा हुने चुनावमा बाइडेन र ट्रम्प राष्ट्रपतिका उम्मेदवार हुनुहुन्छ।

बुधवार विल्मिङ्टनमा भएको बाइडेनको चुनावी कार्यक्रम सर्वसाधारणका लागि खुला थिएन।

बाइडेनको भनाई

बाइडेनले कोरोनाभाइरसबाट बच्नका लागि कार्यक्रम खुला नगरिएको बताउनुभयो।

दुवै उम्मेदवारले मास्क लगाएर मञ्चमा सामाजिक दूरी कायम गर्दै सम्बोधन गर्नुुभयो।

हल्का वर्षा भइरहेका बेला करिब ७५ जना मानिसहरू कार्यक्रमस्थल बाहिर भेला भएका थिए।

रोयटर्स समाचारसंस्थाका अनुसार तीमध्ये केही बाइडेनका आलोचक पनि थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै बाइडेनले भन्नुभयो, ‘आगामी नोभेम्बरमा हामीले गर्ने चयनले धेरै लामो समयका लागि अमेरिकाको भविष्यको निर्णय गर्नेछ।’

उहाँले ट्रम्पले पहिले नै ह्यारिसबारे नकारात्मक टिप्पणी गर्न थालिसकेको भन्दै उहाँको आलोचना गर्नुभयो ।

वाइदेनले ट्रम्पले कोरोनाभाइरस सङ्क्रमण रोकथाम गर्न नसकेकोमा पनि आलोचना गनुृभयो।

ह्यारिसले के भन्नुभयो ?

ह्यारिसले आफू काम गर्न तयार रहेको बताउनुभयो।

उहाँले भन्नुभयो, ‘अमेरिका नेतृत्वका लागि रोइरहेको छ। अहिलेसम्म हामीसँग त्यस्ता राष्ट्रपति छन् जो उनलाई चुन्ने जनताभन्दा आफ्नो बारेमा बढी सोच्छन्।’

उहाँले ट्रम्पको कडा आलोचना गरेकी गर्नुभएको थियो।

ूहामीले काम गर्न नसक्ने व्यक्तिलाई चयन गर्‍यौँ भने के हुन्छ भन्ने देखिएको छ, उहाँले भन्नुभयो,’हाम्रो देश जीर्ण बनेको छ र विश्वभरि नै हाम्रो प्रतिष्ठा गुमेको छ।’

Share Now

Leave a comment.