Prakash Adhikari August 24, 2020

 

काठमाडौं, ८ भाद्र । नेपालमा कोरोना भाइरसबाट सोमबार थप ८ जनाको ज्यान गएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा थपिएको यो संख्यासंगै कोरोनाबाट नेपालमा ज्यान गुमाउनको संख्या १ सय ५७ जना पुगेको छ । यसअघि आइतबार स्वास्थ तथा जनसंख्या मन्त्रालयले १ सय ४९ जनाको ज्यान गएको तथ्यांक सार्वजनिक गरेको थियो ।

गएको २४ घण्टामा देशभरि थप ७ सय ४३ जना कोरोनाका बिरामी थपिएका छन् । योसंगै अहिलेसम्म कोरोनाबाट नेपालमा संक्रमित हुनेको संख्या ३२ हजार ६ सय ७८ पुगेको छ । त्यसमध्ये उपचारपछि १८ हजार ८ सय ६ जना निको भएका छन् ।

राजधानीमा नै २ सय २४ जनालाई संक्रमण


पछिल्लो समय राजधानी काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ । पछिल्लो २४ घन्टामा उपत्यकाका थप २ सय २४ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा काठमाडौं जिल्लामा १ सय ७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् ।

 

त्यसैगरी बारामा ९४, कैलालीमा ७९, पर्सामा ३४,  चितवनमा ३२ र मोरङमा ३१ सङ्क्रमित थपिएका छन्।

अहिले थपिएका सङ्क्रमितहरू विभिन्न जिल्लाका हुन्। तीमध्ये २ सय ४६ जना महिला र ४ सय ९७ जना पुरुष छन्।

मोरङ, पर्सा, महोत्तरी, रौहट, सर्लाही, बारा र काठमाडौंमा ५ सय भन्दा बढी सक्रिय सङ्क्रमित छन्।

तर मुस्ताङ र हुम्लामा उक्त सङ्ख्या शून्य छ।

को हुन् मृतक?

मन्त्रालयका अनुसार कोभिड-१९ पुष्टि भएका मृतकहरू सुनसरी, मोरङ, पर्सा र काठमाण्डू र रूपन्देही जिल्लाका हुन्। रूपन्देहीमा एक महिला र तीन पुरुष गरी चार जनाको मृत्यु भएको पुष्टि भएको हो।

काठमाण्डू र पर्सामा पनि एक-एक महिला र सुनसरी र मोरङमा एक-एक पुरुष गरी थप चार जनाको मृत्यु भएको मन्त्रालयले तथ्याङ्कले देखाउँछ।

मृतकमध्ये एक जना ३८ वर्ष र बाँकी सबै ४८ देखि ७० वर्षसम्मका थिए ।

कोरोनाभाइरस

अन्य विवरण

मन्त्रालयका अनुसार अहिलेसम्म कुल १८ हजार ८ सय ६ सङ्क्रमित निको भएका छन्।

सक्रिय सङ्क्रमितमध्ये १ सय ३८ जना सघन उपचार कक्षमा र १५ जना भेन्टिलेटरमा उपचाररत छन्। भेन्टिलेटरमा भएका सबै बिरामी वाग्मती प्रदेशका हुन्।

अहिले देशभरि क्वारन्टीनमा ११ हजार २ सय ७५ जना छन्।

गत भदौ २ गते कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्यामा १ हजार १६ अर्थात् अहिलेसम्मकै सर्वाधिक दैनिक वृद्धि भएको थियो।

त्यसैगरी भदौ ५ गते सरकारले ८ सय ३८ जनामा सङ्क्रमण भएको र ११ जनाको मृत्यु भएको पुष्टि गरेको थियो। भदौ ७ गते थपिएका सङ्क्रमितको सङ्ख्या ८ सय १८ थियो।

यसअघि असार ४ गते ६ सय ७१, असार १० गते ६ सय २९, असार १९ गते ७ सय ४०, साउन २७ गते ६ सय ३८ र साउन ३२ गते ६ सय ४१ जनामा सङ्क्रमण पुष्टि भएको थियो।

Share Now

Leave a comment.