Prakash Adhikari September 11, 2020

 

काठमाडौं, २६ भाद्र । विगत २४ घण्टामा नेपालमा कोरोनाभाइरसबाट थप १ हजार ४ सय ५४ जना सङ्क्रमित भएका छन भने ५ जनाको मृत्यु भएको छ ।

शुक्रवारको यो तथ्याङ्कसँगै नेपालमा कुल कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या ५१ हजार ९ सय १९ र निको हुनेको सङ्ख्या ३६ हजार ६ सय ७२ पुगेको छ।

मन्त्रालयका अनुसार नेपालमा कोरोनाभाइरस सङ्क्रमणबाट मुक्त हुने दर लगभग ७१ प्रतिशत छ।

अहिलेसम्म नेपालमा ३ सय २२ जनाको कोभिड १९ का कारण मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

अहिले नेपालमा १४ हजार ९ सय २१ जना सक्रिय सङ्क्रमित छन् जसमध्ये ६ हजार ६ सय ३४ घरमै छन् भने बाँकी ८ हजार २ सय ९१ संस्थागत आइसोलेशनमा छन्।

सङ्क्रमितहरूमध्ये १ सय ७० जना सघन उपचार कक्षमा र २४ जना भेन्टिलेटरमा उपचाररत छन्।

त्यस्तै क्वारेन्टाइनमा ५ हजार ७८ जना रहेका छन्।

यो अवधिमा १० हजार ७ सय १ पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।

सङ्क्रमित कहाँका कति ?

शुक्रवार थपिएका सङ्क्रमितमध्ये सबैभन्दा बढी काठमाडौं जिल्लाका ६ सय २० जना रहेका छन्।

भक्तपुरमा ३८ र ललितपुरमा ३८ गरी उपत्यकाका जिल्लामा कुल ६ सय ९६ जना सङ्क्रमित थपिएका छन्।

त्यस्तै मोरङमा ४७, कैलालीमा ६७, मकवानपुरमा ५४, रूपन्देहीमा १ सय २, चितवनमा ७४ र सिराहामा ४२ जना सङ्क्रमित थपिएका छन्।

अहिले ५ सय भन्दा बढी सङ्क्रमित भएका सात जिल्लाहरूमा सुनसरी, सर्लाही, काठमाडौं, चितवन र रूपन्देही रहेका छन्।

सक्रिय सङ्क्रमण नभएका जिल्लाहरूमा सोलुखुम्बु, मनाङ, मुस्ताङ, म्याग्दी, डोल्पा, मुगु र हुम्ला रहेका छन्।

मृतक कुन जिल्लाका ?

शुक्रवार मृत्यु पुष्टि भएका मध्ये काठमाडौंका ७० वर्षीय पुरुष, मोरङकी ४० वर्षीया महिला, महोत्तरीका ६५ वर्षीय पुरुष, धनुषाका ४५ वर्षीय पुरुष र नवलपरासीका ५५ वर्षीय पुरुष हुन्।

Share Now

Leave a comment.