वाशिंटन डीसी(संयुक्त राज्य अमेरिका), ३१ भाद्र (बीबीसी) ।संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले संयुक्त अरब एमिरेट्स र बहराइनसँग इजरायलले गरेको महत्त्पूर्ण सम्झौतालाई ूनयाँ मध्यपूर्वको मिरमिरे बिहानीू भन्दै प्रशंसा गर्नुभएको छ ।
इजरायलसँग सम्बन्ध पूर्ण रूपमा सामान्य बनाउन दुई खाडी मुलुकले सम्झौतामा हस्ताक्षर गरेपछि ट्रम्पले त्यस्तो बताएउनुभएको हो।
हस्ताक्षरकर्ता तीनवटै देशले सहमतिलाई ऐतिहासिक भनेका छन्। ट्रम्पले पनि त्यस्तै भनेका छन् जसको प्रशासनले सहमतिका लागि मध्यस्थता गरेको थियो।
सन् १९४८ मा स्थापना भएयता इजरेललाई मान्यता दिने यूएई तथा बहराइन तेस्रो र चौथो अरब राष्ट्र हुन्।
समाधान
अरू देशले पनि यो कदमलाई पछ्याउने ट्रम्पको आशा छ। तर प्यालेस्टिनीहरूले आफूहरूसँगको द्वन्द्वको समाधान नभएसम्म त्यसो नगर्न आग्रह गरेका छन्।
प्यालेस्टाइनसँगको विवाद अन्त्य गरेपछि मात्रै मान्यता दिने भन्दै दशकौँदेखि अधिकांश अरब राष्ट्रहरूले इजरायललाई बहिष्कार गर्दै आएका छन्।
ह्वाइट हाउसमा मङ्गलवार आयोजित कार्यक्रममा ट्रम्पले .ूदशकौँपछिको विभाजन र द्वन्द्वपश्चात् आज हामीले मध्यपूर्वको मिरमिरे बिहानी देख्न पाएका छौँ, भननुभएको थियो ।
भ
इजरायलकोे प्रधानमन्त्री बेन्जमिन नेतन्याहुले सम्झौताको स्वागत गर्दै भन्नुभइकृ छ, ूयो इतिहासको एउटा निर्णायक दिन हो। यसले शान्तिको एउटा मिरमिरे बिहानीको उद्घोष गरेको छ।ू
जेरुसलेम

तर प्यालेस्टिनी नेता महमुद अब्बासले अधिनस्थ भूभागहरूबाट इजरेल हटेपछि मात्रै मध्यपूर्वमा शान्ति आउनसक्ने प्रतिक्रिया दिनुभएको छ।
समाचार संस्था एएफपीका अनुसार तीन देशले सम्झौतामा हस्ताक्षर गरेपछि अब्बासले भने, ूइजरायलको कब्जा अन्त्य नभएसम्म यो क्षेत्रमा शान्ति, सुरक्षा र स्थायित्व हासिल हुन सक्दैन।ू
इजरायली सेनाका अनुसार हस्ताक्षर कार्यक्रम चलिरहँदा गाजा क्षेत्रबाट इजरेलमा दुईवटा रकेट प्रहार गरिएका थिए।
यूएई र बहराइनभन्दा पहिला मध्यपूर्वमा इजिप्ट र जोर्डनले मात्र इजरेललाई औपचारिक रूपमा मान्यता दिएका थिए।
इजिप्टले सन् १९७८ मा र जोर्डनले सन् १९९४ मा इजरायलसँग शान्ति सम्झौता गरेका थिए।
उत्तर(पश्चिमी अफ्रिकामा अरब लिगको एउटा सदस्य मरिटेनियाले सन् १९९९ मा इजराइलसँग कूटनीतिक सम्बन्ध स्थापित गरेको थियो। तर सन् २०१० मा उसले सम्बन्ध तोड्यो।


















