Prakash Adhikari September 19, 2020

 

अबुधावी(युनाइटेड अरब इमिरेट्स), ३ असोज । भारतको सर्वाधिक चर्चित इन्डिएन प्रिमियर लिग (आईपिएल) को १३ औं संस्करण शनिवार साँझ ७ : ४५ मा युनाईटेड अरब इमिरेट्स ( युएई)को शेख जायद स्टेडियम आबुधावीमा सुरु हुँदैछ।

आजको उद्घाटन खेलमा गतबर्षको विजेता मुम्बई इण्डियन्स र चेन्नाई सुपर किंग्सले प्रतिस्पर्धा गर्दैछन्।

रोहित शर्माको कप्तान रहेको मुम्बई इण्डियन्सले ४ पटक लिगको उपाधि जितीसकेको छ। रोहितले १ सय ४ खेलमा टिमलाई ६० जित दिलाएका छन्।

रोहित शर्मा र क्विन्टन डी कक जस्ता ओपनर र हार्दिक पान्ड्या, काइरन पोलार्ड, क्रिस लिन जस्ता आक्रामक ब्याट्सम्यानहरु रहेको मुम्बईमा हार्दिक पान्ड्या ट्रेन्ट बोल्ट, मिचेल म्याक्लेनघन , जेम्स प्याटिन्सन र नाथन कोल्टर नाइल जस्ता बलरको उपस्थिति रहेको छ ।

IPL 2020: Mumbai Indians releases full list of players traded, retained and released

मुम्बई टिम : रोहित शर्मा (कप्तान), आदित्य तारे, अनमोलप्रीत सिंह, ईशान किशान, क्विंटन डिकक (✈), सूर्य कुमार यादव, हार्दिक पान्ड्या , जयन्त यादव, काइरन पोलार्ड(✈), क्रुनल पान्ड्या, शेरफन रदरफर्ड(✈), अनुकूल रोय, धवल कुलकर्णी, जसप्रित बुमराह, जेम्स प्याटिन्सन(✈), मिचेल म्याक्क्लेनेघन(✈), राहुल चाहार, ट्रेन्ट बोल्ट(✈), क्रिस लिन(✈), सौरभ तिवारी, न्याथन कुल्टर नाइल(✈), मोहसिन खान, बलवंत सिंह र दिग्विजय देशमुख।

चेन्नाई सुपर किंग्स
केही समय पहिले क्रिकेटको अन्तर्राष्ट्रिय प्रतियोगिताबाट सन्यास घोषणा गरेको महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नाईले तीन पटक उपाधी जितेको छ भने दोस्रो चरणको यात्रामा उपस्थिति जनाउन यो टिम चुकेको छैन् । अघिल्लो संस्करणमा मुम्बईसंग १ रनले पराजित भएर उपाधि चुम्नबाट बञ्चित भएको चेन्नाई यसपटक उपाधि जित्ने दाउमा छ ।

कप्तान महेन्द्रसिंह धोनी, शेन वाटसन, फाफ डु प्लेसिस, अम्बाती रायडु, मुरली विजय, केदार जाधाब जस्ता ब्याट्सम्यानहरु रहेको चेन्नाईमा रभिन्द्र जडेजा, मिचेल स्यान्टनर , शेन वाटसन, ड्वेन ब्राभो, केदार जाधव, स्याम करन जस्ता अलराउण्डर र इमरान ताहिर, पियुष चावला रभिन्द्र जडेजा, मिचेल स्यान्टनर, कर्ण शर्मा जस्ता बलरहरु रहेका छन् ।

Chennai Super Kings IPL 2020 Full Squad | CSK Final Team in IPL 2020 - YouTube

चेन्नाई टिम : महेन्द्र सिंह धोनी (कप्तान) अंबाती राएडु, दीपक चाहार, रवींद्र जडेजा, शेन वाटसन(✈), फाफ डुप्लेसिस(✈), केएम आसिफ, ड्वेन ब्राभो(✈), इमरान ताहिर(✈), जगदीशन नारायण, कर्ण शर्मा, केदार जाधव, लुंगी एन्गिडि(✈), मिचेल स्यान्टनर(✈), मोनू सिंह, मुरली विजय, रितुराज गायकवाड़, शार्दुल ठाकुर, स्याम करन(✈), पीयुष चावला, जोश हेजलवुड(✈) र साइ किशोर।

आठ टिम सहभागी हुने आईपीएल प्रतियोगिता नोभेम्बर १० सम्म चल्नेछ। प्रतियोगितामा कूल ६० खेल खेलिने छ ।

आईपीएलमा मुम्बई इण्डियन्स्, चेन्नाई सुपर किंग्स, राजस्थान रोयल्स, दिल्ली क्यापिटल्स, रोयल च्यालेन्जर्स बैंगलोर, सनराइजर्स हैदरावाद, कोलकाता नाइट राइडर्स, किंग्स ११ पन्जाबका बीचमा प्रतिस्पर्धा हुदैछ ।

प्रतियोगितामा मुम्बई इण्डियन्सको कप्तानीमा रोहित शर्मा , चेन्नाई सुपर किड.सको महेन्द्र सिंह धोनी , राजस्थान रोयल्सको स्टिभ स्मिथ , दिल्ली क्यापिटल्सको श्रेयस ऐयर, रोयल च्यालेञ्जर बैंगलोरको बिराट कोहली , सन राइजर्स हैदरावादको डेभिड वार्नर , कोलकाता नाइट राइडर्सको दिनेश कार्तिक र किड.स् ११ पञ्जाबको नेतृत्व केएल राहुलले गरेका छन् ।

यस बर्ष कोरोना भाइरसको विश्वव्यापी महामारी र भारतमा भएको ब्यापक संक्रमणको कारण भारतको क्रिकेट बोर्डले आइपीएलका सम्पूर्ण खेलहरु युएईमा गर्ने निर्णय गरेको थियो ।

आईपीएलका ६० खेलहरु युएईका दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम (दुबई) , शेख जायद स्टेडियम (आबुधाबी) र शारजाह क्रिकेट स्टेडियम (शारजाह) मा खेलिने छ जसमा २४ खेल दुबईमा, २० खेल आबुधाबीमा तथा १२ खेल शारजाहमा खेलिनेछ।

प्ले अफ र फाइनल खेल कहाँ हुनेछ घोषणा गरिएको छैन।

Share Now

Leave a comment.