Prakash Adhikari September 19, 2020

काठमाडौं, ३ असोज । नेपालमा विगत २४ घण्टामा थप १ हजार २ सय ४ मा कोरोना भाइरसको संक्रमण देखिएको छ भने यस घातक भाइरसको संक्रमण समेतको कारणबाट थप ११ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारी अनुसार यससंगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या ६२ हजार ७ सय नाघेको छ।

यस्तै कोरोना भाइरसको संक्रमण समेतको कारणले अहिलेसम्म ४ सय १ जनाको मृत्यु भएको छ।

गत भदौ २४ देखि प्रत्येक दिन १ हजार भन्दाबढी सङ्क्रमित फेला परिरहेका छन्।

कोरोनाभाइरस
शुक्रवार एकै दिन २ हजार २० जनामा सङ्क्रमण पुष्टि भएको थियो। यो अहिलेसम्मकै सर्वाधिक दैनिक वृद्धि हो।

अहिले देशभरि १७ हजार १ सय २९ जनामा सक्रिय सङ्क्रमण छ।

तीमध्ये ९ हजार १ सय ५३ जना संस्थागत आइसोलेशनमा र अरू ७ हजार ९ सय ७६ जना घरमै भएको मन्त्रालयले जनाएको छ।

सक्रिय सङ्क्रमितमध्ये ९ हजार ५ सय १४ अर्थात् आधाभन्दा बढी वाग्मती प्रदेशका जिल्लामा छन्। त्यसमा पनि काठमाडौं उपत्यकामा हुने सङ्क्रमितको सङ्ख्या सर्वाधिक छ।

संक्रमित कहाँका  ?

अहिले पुष्टि भएका सङ्क्रमितमध्ये ४ सय ८ जना महिला छन् भने ७ सय ९६ जना पुरुष छन्।

यसरी बढिरहेको छ सङ्क्रमण. नेपालमा कोरोनाभाइरस. .
काठमाडौंमा ५ सय ७०, ललितपुरमा ५८ र भक्तपुरमा ८३ गरी उपत्यकामा ७ सय ११ जनामा सङ्क्रमण देखिएको छ। तीमध्ये महिलाको सङ्ख्या २ सय ७८ छ।

त्यसैगरी मोरङमा ३३, बारामा १ सय ११ र नवलपरासी पूर्वमा ४५ मा सङ्क्रमित भेटिए।

केही सातादेखि उल्लेख्य सङ्ख्यामा महिलामा सङ्क्रमण देखिन थालेको छ। जनस्वास्थ्यविज्ञहरूले समुदायमा सङ्क्रण फैलिएको हुनाले धेरै महिलामा सङ्क्रमण देखिन थालेको सम्भावना औँल्याएका छन्।

मृतक कहाँका ?
कोरोना भाइरसको कारणले अहिले मृत्यु पुष्टि भएकामध्ये ७ महिला र ४ पुरुष छन्।

उनीहरूको उमेर ३७ देखि ७७ वर्ष भएको मन्त्रालयले जनाएको छ।

मृतकमध्ये ५ जना काठमाडौं उपत्यका र एक एक जना मोरङ, रौतहट, सर्लाही, मकवानपुर, रूपन्देही र बाँकेका हुन्।

नेपालमा मृत्यु हुने सङ्क्रमितको प्रतिशत ०.६४ छ।

अहिले कहाँ छन् सङ्क्रमित?. प्रदेशगत विवरण. .

थप विवरण

विगत २४ घण्टामा १० हजार ३ सय ३३ वटा नमुनाको परीक्षण भएको जानकारी मन्त्रालयले दिएको छ।

सो अवधिमा १ हजार ४ सय ४७ जना रोगमुक्त प्रमाणित भए। मन्त्रालयका अनुसार अहिलेसम्म नेपालमा ४५ हजार २ सय ६७ जना अर्थात् ७२ प्रतिशत सङ्क्रमित निको भइसकेका छन्।

गम्भीर लक्षण भएका बिरामीमध्ये १७९ जना सघन उपचारमा र ३५ जना भेन्टिलेटरमा भएको जानकारी मन्त्रालयले दिएको छ।

अहिले देशभरि ७ हजार ७ सय ३५ जना क्वारेन्टाइनमा छन्।(बीबीसीबाट)

Share Now

Leave a comment.