काठमाडौं, ३ असोज। नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला अस्पतालबाट डिस्चार्ज हुनुभएको छ ।
कोरोना भाइरस भएको बेलामा एक्कासी ज्वरो बढेपछि उहाँ १२ दिन पहिले उपचारको लागि राजधानीकै ओम अस्पताल भर्ना हुनुभएको हो।
यद्यपि चिकित्सकको सल्लाह अनुसार उहाँ अझै केही दिन होम आइसोलेसनमा बस्नुहुने भएको छ ।
https://www.facebook.com/officialdrshashank/posts/703796920225147
डिस्चार्ज भएपछि महामन्त्री डा. कोइरालाले आफ्नो स्वास्थ्यबारे चासो र चिन्ता व्यक्त गर्ने सबैलाई धन्यवाद दिनुभएको छ ।
अस्पतालमा भर्ना एको ११ औं दिनमा हिजो उहाँको स्वाब संकलन गरिएको थियो ।
उहाँलाई सात गते पुनः स्वाब परीक्षणका लागि बोलाइएको छ ।