Prakash Adhikari September 20, 2020

शेख जायद स्टेडियम, आबुधावी(युएई), ४ असोज । भारतको चर्चित घरेलु क्रिकेट लिग इण्यिन प्रिमियम लिग (आईपीएल)को १३ औं संस्करणको उद्घाटन खेलमा डिसाबिक बिजेट मुम्बई इण्डियन्स्लाई पराजित गर्दै चेन्नई सुपर किंग्सले जित हात पारेको छ ।

खेलमा महेन्द्र सिंह धोनीको नेतृत्वमा रहेको चेन्नाईले रोहित शर्मा कप्तानीको मुम्बईलाई ५ विकेटले पराजित गरेको हो।

Chennai Super Kings (CSK) Team: 2020 IPL Players List - Republic World

युएईको अबुधाबीमा रहेको शेख जायद स्टेडियममा आयोजित खेलमा टस हारेर ब्याटिंग गरेको मुम्बईले दिएको १ सय ६३ रनको लक्ष्य चेन्नाईले ५ विकेट गुमाएर १९.२ ओभरमा पूरा गरेको थियो।

खेलमा चेन्नाईलाई जिताउने क्रममा अम्बाती रायडुले ४८ बलमा ६ चौका र ३ छक्काको मद्दतले सर्वाधिक ७१ रन बनाएका थिए भने फाफ डु प्लेसिसले ४४ बलमा ६ चौका प्रहार गर्दै अविजित ५८ रन बनाए।

खेलमा साम कुरानले १८, अजय जडेजाले १०,शेन वाटसनले ४ र मुरली विजयले १ रन बनाएका थिए ।

मुम्बईको बलिंगमा ट्रेन्ट बोल् , जेम्स प्याटिन्सन , जस्प्रित बुम्राह , क्रुनाल पान्ड्या र राहुल चाहरले समान १ । १ विकेट लिए।

मुम्बईको ब्याटिंग

Mumbai Indians (MI) Ticket Price 2020: Mumbai Indians Team, Squad, Captain,  Full Player List | HotDeals360

यस अघि टस हारेर ब्याटिंग गरेको मुम्बईले २० ओभरमा ९ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो।

मुम्बईको लागि सौरभ तिवारीले ३१ बलमा ३ चौका र १ छक्का सर्वाधिक ४२ रन बनाए भने क्विन्टन डी ककले २० बलमा ५ चौकाको मद्दतले ३३ बनाए। खेलमा काइरन पोलार्डले १८, सूर्यकुमार यादवले १७, हार्दिक पान्ड्याले १४, रोहित शर्माले १२ रन बनाए।

चेन्नाईको बलिंगमा लुंगी एन्गिडीले सर्वाधिक ३ विकेट लिए भने रविन्द्र जडेजा र दिपक चाहरले समान २ विकेट लिए। स्याम करन र पियुष चावलाले समान १ । १ विकेट लिए।

लिगको दोश्रो खेलमा आइतबार दिल्ली क्यापिटल्स र किंग्स ११ पञ्जाबीच नेपाली समय ७ ; ४५ बजे सुरु हुनेछ।

Share Now

Leave a comment.