Prakash Adhikari September 20, 2020

काठमाडौं, ४ असोज । नेपालका सबै ग्रामीण तथा सहरी क्षेत्रका बासिन्दाहरुलाई पर्याप्त र गुणस्तरीय खानेपानी तथा सरसफाईको सुविधा पुर्याउने कार्यमा गति दिन सरकारी र गैरसरकारी क्षेत्रका संस्थाहरुसंग हातेमालो गर्दै आएको स्मार्ट वास सोलुसन्सले आज महत्वपूर्ण छलफल कार्यक्रम गर्दैछ ।

यस क्षेत्रमा कार्यरत सरकारी गैरसरकारी (राष्ट्रिय तथा अन्तर्राष्ट्रिय) संस्थाहरु,दातृ निकाय, प्राज्ञ, अभ्यासकर्ताहरुको सहभागिता रहने यस कार्यक्रममा स्मार्ट वास सोलुसन्स प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत हरिप्रसाद शर्माले खानेपानी तथा सरसफाई र स्वच्छताको क्षेत्रमा वित्तीय आवश्यकता शीर्षकमा, खानेपानी तथा सरसफाई क्षेत्रका स्वतन्त्र परामर्शदाता डा.दिनेश मानन्धरले खानेपानी तथा सरसरफाई क्षेत्रमा लगानी र वित्तीय आवश्यकता शीर्षकमा, योजना आयोगका पूर्व सदस्य प्रा.डा.चन्द्रमणि अधिकारीले खानेपानी तथा सरसफाईको क्षेत्रमा वित्तीय व्यवस्थापनका नयाँ शैली शीर्षकमा, अन्तर्राष्ट्रिय पानी व्यवस्थापन प्रतिष्ठानकी राष्ट्रिय प्रतिनिधि डा.मनोरमा खड्काले संघीय नेपालमा समावेशी खानेपानी तथा सरसफाई कार्यक्रम : नीति, बहुनायक सम्बन्ध र बजेट व्यवस्थापनका बिषयमा कार्यपत्रहरु प्रस्तुत गर्नुहुने छ ।

कार्यपत्रहरुमाथि पूर्व सचिव ई. सुमनप्रसाद शर्माले टिप्पणी गर्नुहुने कार्यक्रम छ ।

आयोजकहरुले त्यसपछिको करिब ४५ मिनेट समय सामूहिक छलफलका लागि छुट्टयाएका छन् । यो छलफलको सहजीकरण एशियाली विकास बैंका उपाध्यक्ष रहिसक्नुभएका एशियन वाटर काउन्सिलका संस्थापक तथा बोर्ड अफ ट्रष्टिज डा.बिन्दुनाथ लोहनीले गर्नुहुने छ ।

सामूहिक छलफलमा राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद अधिकारी, ग्लोबल एलाइन्स फर बैंकिड.अन भ्यालुजका एशिया प्रशान्त क्षेत्रीय प्रतिनिधि बैंकर उपेन्द्र पौड्याल र स्मार्ट पानीका निर्देशक सुमन शाक्यले प्रस्तुति दिनुहुने छ ।

कार्यक्रमको सभापतित्व स्मार्ट वास सोलुसन्स प्रा.लिका अध्यक्ष ई.रामदीप साहले गर्नुहुने कार्यक्रम छ भने यसको सहजीकरण पूर्वमन्त्री ई. गणेश साहले गर्नुहुने भएको छ ।

दिउसो १ बजेदेखि ३ बजेसम्म हुने सो कार्यक्रममा निम्न लिंकमा क्लिक गरेर जोडिन सकिने आयोजकहरुले जानकारी दिएका छन् :
https://us02web.zoom.us/meeting/register/tZUvceyqrT8sH9Vyi12W3GuNebrY0V6qiXJu

Meeting ID: 812 6523 4651
Passcode: 386913

Share Now

Leave a comment.