Prakash Adhikari September 26, 2020

 

काठमाडौं, १० असोज । नेपाल विज्ञान पत्रकार मञ्चको अध्यक्षमा मेरो लगानी डटकमका सम्पादक राजेन्द्र खनालको नेतृत्वमा नयाँ कार्य समिति गठन भएको छ ।

राजधानीमा हालै सम्पन्‍न मञ्चको सातौं साधारणसभाले खनालको नेतृत्वमा सर्वसम्मत रुपमा ७ सदस्यीय कार्यसमिति गठन गरेको हो ।

 

समितिको उपाध्यक्षमा राजन पोखरेल (द हिमालयन टाइम्स), सचिवमा गोविन्द पोखरेल (कान्तिपुर) र कोषाध्यक्षमा दीपा अधिकारी चुनिएका छन् ।
सदस्यहरुमा मधुसुधन गुरागाईं (काभ्रेन्युज डटकम) , बालिका मादेन (रेडियो नेपाल) र बुनु थारु (कान्तिपुर) रहनुभएको छ ।

मञ्चको सल्लाहकारमा संस्थापक अध्यक्ष छत्र कार्की र निवर्तमान अध्यक्ष लक्ष्मण डंगोल रहनुभएको छ ।

नेपालमा विज्ञान पत्रकारिता प्रवर्द्धनका लागि २०७० सालमा गठन भएको नेपाल विज्ञान पत्रकार मञ्च (एनएफएसजे) क्यानाडास्थित विश्व विज्ञान पत्रकार महासंघसाग आबद्ध छ ।

नवगठित समितिका अध्यक्ष खनालले विज्ञान लेखन र पत्रकारितालाई समाजसँग जोड्न आफूले यथाशक्य भूमिका निर्वाह गर्ने बताउनुभएको छ ।

एनएफएसजेलाई विज्ञान पत्रकारितामा कलम चलाउँदै आएका पत्रकारहरुको फोरमका रुपमा विकास गरी तथ्यपरक र सबैले बुझ्न सकिने विज्ञान समाचार लेखनलाई प्रवर्द्धन गरिनेछ,’ खनालले बताउनुभयो ।

निर्वतमान अध्यक्ष डंगोलले नवगठित समितिलाई बधाई दिँदै कार्य सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

Share Now

Leave a comment.