भिजुअल र डेटा जर्नलिज्म टीम / बीबीसी न्यूज
लण्डन(संयुक्त अधिराज्य), १० असोज । अमेरिकी मतदाताले आगामी नोभेम्बर २ मा डोनल्ड ट्रम्प र जो बाइदनमध्ये कसलाई आगामी चार वर्षका लागि ह्वाइट हाउस पठाउने भनेर निर्णय गर्नेछन्।
रिपब्लिकन पार्टीबाट निर्वाचित पदासीन राष्ट्रपति ट्रम्पसँग डेमोक्र्याटिक पार्टीका उम्मेदवार जो बाइदन प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ।
सन् १९७० को दशकदेखि राजनीतिमा सक्रिय बाइदन सन् २००९ देखि सन् २०१७ सम्म बराक ओबामा राष्ट्रपति हुँदा उपराष्ट्रपति हुनुहुन्थ्यो।
निर्वाचन नजिकिँदै गर्दा मत सर्वेक्षण कम्पनीहरूले मतदाताहरूले कुन उम्मेदवारलाई रुचाएका छन् भनेर सोधिरहेका छन्।
हामी यहाँ ती सर्वेक्षणबारे जानकारी दिनेछौँ। हामी तिनले कसले निर्वाचन जित्छ भन्ने विषयमा के कुरा स्पष्ट पार्न सक्छन् र के कुरा स्पष्ट पार्न सक्दैनन् भन्ने पनि बताउनेछौँ।

उम्मेदवारहरूको स्थिति
राष्ट्रिय मत सर्वेक्षणहरूले उम्मेदवारको लोकप्रियता बुझ्न सघाउँछन्। तर तिनकै आधारमा निर्वाचनमा को विजयी हुन्छ भनेर पूर्वानुमान गर्न उचित हुँदैन।
सन् २०१६ को निर्वाचनलाई उदाहरणार्थ लिऊँ। हिलारी क्लिन्टन मत सर्वेक्षणमा अगाडि हुनुहुन्थ्यो। डोनल्ड ट्रम्पले भन्दा उहाँले झन्डै ३० लाख बढी मत पाउनु पनि भयो तर उहाँ पराजित हुनुभयो।
किनभने अमेरिकामा इलेक्टरल कलेज अर्थात् निर्वाचक मण्डल प्रणालीबाट निर्णय हुन्छ। त्यसैलै धेरै मत आउँदैमा निर्वाचन जितिन्छ भन्ने छैन।
यो कुरा एकातिर राखौँ। देशव्यापी मतसर्वेक्षणहरूमा वर्षको अधिकांश समय वर्तमान राष्ट्रपति तथा रिपब्लिकन पार्टीका तर्फबाट भावि राष्ट्रपतिका पनि उम्मेदवार डोनल्ड ट्रम्पभन्दा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइदन अगाडि देखिनुभएको
।
।
केही सातायता ५० प्रतिशत मतदाताले डेमोक्रयाट उम्मेदवार वाइदेनलाई रुचाएको देखिएको छ। कहिलेकाहीँ त वाइदेनले १० अङ्कले अग्रता लिएको देखिन्छ।
यस विपरीट सन् २०१६ मा सर्वेक्षणहरू त्यति धेरै स्पष्ट थिएनन्। निर्वाचनको दिन नजिकिँदै गर्दा बेलाबेलामा ट्रम्प र क्लिन्टनबीच केवल दुई प्रतिशतको भिन्नता देखिएको थियो।

कुनकुन राज्यले निर्वाचनको छिनोफानो गर्छन् ?
गत निर्वाचनमा प्रत्यासी हिलारी क्लिन्टनले मतको सङ्ख्याभन्दा स्थान महत्त्वपूर्ण हुने पत्तो पाउनुभयो।
अधिकांश राज्यमा सधैँ उसैगरी मतदान हुन्छ। अर्थात् केही सीमित राज्यमा दुवै उम्मेदवारसँग जित्ने सम्भावना हुन्छ।
ती राज्यसँग कसलाई जिताउने र कसलाई हराउने क्षमता हुन्छ। तिनलाई ‘ब्याटलग्राउन्ड स्टेट’ अर्थात् कडा प्रतिस्पर्धा हुने राज्य भनिन्छ।


अमेरिकामा इलेक्टरल कलेज प्रणालीअन्तर्गत राष्ट्रपतिको चयन हुन्छ। सबै राज्यलाई तिनको जनसङ्ख्याका आधारमा केही मत दिइएको हुन्छ।
यो प्रणालीअन्तर्गत निर्वाचक मण्डलमा कुल ५ सय ३८ मत हुन्छ। निर्वाचन जित्न उम्मेदवारले २ सय ७० मत बटुल्नुपर्छ।
माथिको नक्साले सङ्केत गरे जस्तै कडा प्रतिस्पर्धा हुने केही राज्यसँग अन्यत्रभन्दा निर्वाचक मण्डलको धेरै मत हुन्छ। तसर्थ उम्मेदवारहरूले प्रायः ती राज्यमा लामो समय निर्वाचन अभियान चलाउँछन्।

कडा प्रतिस्पर्धा हुने राज्यहरूमा को अगाडि छ ?
अहिले ब्याटलग्राउन्ड भनिने राज्यहरूमा जो बाइडनको स्थिति राम्रो देखिएको छ। तर अझै समय बाँकी छ र स्थिति तीव्र गतिमा फेरिन सक्छ। झन् डोनल्ड ट्रम्प आफैँ संलग्न भएको निर्वाचनमा।
सर्वेक्षणहरूका अनुसार मिशिगन, पेन्सलभेनिया र विस्कन्सनजस्ता तीन औद्योगिक राज्यमा बाइडनसँग ठूलो अग्रता छ। गत निर्वाचनमा त्यहाँ ट्रम्प एक प्रतिशतभन्दा कम मतान्तरले विजयी भएका थिए।
तर सन् २०१६ मा ट्रम्प ठूलो मतान्तरले विजयी भएका ब्याटलग्राउन्ड राज्यहरूमा उनको निर्वाचन अभियान टोली बढी चिन्तित हुने देखिन्छ।
कडा प्रतिस्पर्धा हुने राज्यहरूमा गरिएका ताजा सर्वेक्षणको औसत
आईअवा, ओहायो र टेक्ससमा ८ देखि १० प्रतिशत मतान्तरले वर्तमान राष्ट्रपति ट्रम्प विजयी हुनुभएको थियो तर अहिले तीनवटै राज्यमा बाइडन र ट्रम्पको उस्तै स्थितिमा देखिएको छ।
सर्वेक्षणले गर्ने सङ्केत अङ्कले ट्रम्पले किन जुलाईमा आफ्नो निर्वाचन अभियानका प्रबन्धक फेर्नुभयो र उहाँ किन बारम्बार ूमिथ्या सर्वेक्षणू भन्ने गर्नुहुन्छ भन्ने बुझाउँछ।
बाजी थाप्नेहरू अझै पनि ट्रम्पलाई पन्छाइहाल्ने पक्षमा छैनन्। अहिले पनि उनीहरू ट्रम्पले निर्वाचन जित्ने एकतिहाइ सम्भावना देख्छन्।

के कोरोनाभाइरसले ट्रम्पको अङ्कगणितलाई प्रभाव पारेको छ ?
यो वर्षको आरम्भदेखि नै अमेरिकामा कोरोनाभाइरस महामारीबारे समाचार प्रमुखताका साथ प्रकाशित भएको छ। अनि राष्ट्रपति ट्रम्पको गतिविधिबारे दलगत आधारमा भिन्नभिन्न प्रतिक्रिया आएको छ।
मध्यमार्चमा राष्ट्रिय सङ्कटकाल घोषणा गरेर राज्यहरूलाई कोरोनाभाइरस महामारी नियन्त्रण गर्न ५० अर्ब डलर उपलब्ध गराएपछि उनको लोकप्रियता उत्कर्षमा पुगेको थियो।
त्यो बेला ५५ प्रतिशत अमेरिकीहरूले उनको कामलाई अनुमोदन गरेको इप्सस नामक मतसर्वेक्षण कम्पनीको तथ्याङ्कमा देखिन्छ।
तर त्यसपछि ट्रम्पले डेमोक्र्याटहरूबाट प्राप्त समर्थन गुमाउनुभयो तर रिपब्लिकनहरूले समर्थन जारी राखेका छन्।
ताजा विवरणअनुसार अहिले ट्रम्पका आफ्नै समर्थकले दक्षिणी र पश्चिमी राज्यहरूमा कोरोनाभाइरस महामारी फेरि फैलिएपछि उहाँले गरेका कार्यबारे प्रश्न उठाएका छन्।


जुलाई महिनाको आरम्भतिर राष्ट्रपति ट्रम्पलाई रिपब्लिकनहरूको समर्थन झरेर ७८ प्रतिशत भएको थियो।
यसले उहाँ किन कोरोनाभाइरससम्बन्धी विषयप्रति आशावादी हुनुहुन्न र स्थिति अझै बिग्रिन सक्ने चेतावनी दिइरहनुभएको छ भन्ने बुझाउन सक्छ।
केही समयअघि ट्रम्पले पहिलो चोटि मास्क लगाउनुभयो अनि देशवासीहरूलाई पनि त्यसै गर्न आग्रह गर्नुभयो। मास्क प्रभावकारी हुने भन्दै उहाँले सबैलाई ‘राष्ट्रप्रेम’ देखाउन भन्नुभयो।
यूनिभर्सिटी अफ वाशिङ्टनका विज्ञहरूले निर्वाचनको दिनसम्म अमेरिकामा मृतकको सङ्ख्या २ लाख ५० हजार नाघ्ने अनुमान गरेका छन्।

सर्वेक्षणहरू कति विश्वसनीय हुन्छन् ?
सन् २०१६ मा मत सर्वेक्षणहरूले गरेको सङ्केत मिलेन भनेर तिनलाई खण्डन गर्न सजिलो छ। राष्ट्रपति ट्रम्पले बारम्बार त्यसै गर्नुहुन्छ। तर यो पूर्णतः सत्य हैन।
अधिकांश राष्ट्रिय मत सर्वेक्षणहरूले हिलरी क्लिन्टन केही प्रतिशतले अगाडि भएको देखाएका थिए। तर यसको अर्थ उनीहरू असत्य थिए भन्ने हैन। हिलारी क्लिन्टनले आफ्ना प्रतिद्वन्द्वी वर्तमान राष्ट्रपति ट्रम्पलेभन्दा ३० लाख बढी मत ल्याउनुभएको थियो।
सर्वेक्षकहरूले सन् २०१६ मा स्नातक तह उत्तीर्ण गरेका मतदाताहरूको प्रतिनिधित्व राम्ररी गराउन सकेका थिएनन्। तसर्थ कडा प्रतिस्पर्धा हुने केही राज्यमा ट्रम्पलाई हुने फाइदा पत्ता लाग्न सकेको थिएन।
अहिले अधिकांश मत सर्वेक्षण कम्पनीहरूले यो गल्ती सच्याइसकेका छन्।
तर यो वर्षको स्थिति कोरोनाभाइरस महामारीका कारण सामान्य अवस्थाको भन्दा अनिश्चित छ।
अहिले अर्थतन्त्रमा परेको प्रभाव र मानिसहरूले नोभेम्बरमा कसरी मतदान गर्छन् भन्ने पनि अनिश्चित छ।
त्यसैले निर्वाचन हुन धेरै दिन बाँकी भएकाले मत सर्वेक्षणहरूलाई शङ्काको दृष्टिले हेर्नुपर्छ।


















