Prakash Adhikari September 27, 2020

काठमाडौं, ११ असोज । चैतदेखि सुरु भएको लकडाउन अनि जनस्वास्थ्य सङ्कटको अवस्थाका माझ अर्थतन्त्रमा काफी चाप परिरहेको सबैले अनुभव गरेका छन्।

सात प्रतिशतमा वृद्धि हुने आशा गरिएको अर्थतन्त्रको वृद्धि दर शून्यको नजिक पुगिरहँदा केन्द्रीय ब्याङ्कले सार्वजनिक गरेको पछिल्लो विवरणले भने कतिपय अर्थविद्लाई सोचमग्न बनाइदिएको छ।

कोरोनाभाइरस महामारीका कारण नेपालको अर्थतन्त्र निकै जोखिममा परेको अर्थविद्हरूले सुरुदेखि नै भन्दैआएका थिए।

लाखौँ युवा विदेशमा काम गर्ने र ती देशमा महामारी फैलिएमा या त उनीहरूको काम गुम्ने या उनीहरू ठूलो सङ्ख्यामा फर्कने चेतावनी दिइएका थिए।

Importance of Remittance in Nepalese Economy (Part-2) || BANKING PREPARATION - YouTube

स्थिति आश्चर्यजनक

तर शुक्रवार जब केन्द्रीय ब्याङ्कले यो आर्थिक वर्षको पहिलो महिना साउनको विवरण सार्वजनिक गर्‍यो त्यसमा फरक तस्बिर देखियो।

विप्रेषणमार्फत् हुने आम्दानी अघिल्लो वर्षको सोही महिनाको तुलनामा यसपाली साउनमा २३ प्रतिशतले बढेर ९२ अर्ब रुपैयाँ नाघेको छ।

अर्थतन्त्रको स्थिरतासँग नजिकको साइनो भएका अन्य सूचक पनि सो अवधिमा राम्रै रहेको देखिएको छ।

महँगीको वृद्धि दर जनाउने मुद्रास्फिति पोहोरको तुलनामा पनि कम अर्थात् ३।४९५ मात्र रहेको छ भने देशले आम्दानी गर्ने र खर्च गर्ने भुक्तानी सन्तुलन नाप्ने शोधनान्तर स्थिति ५१ अर्बले नाफामा छ।

विदेशी विनिमय सञ्चितिको परिमाण १२ अर्ब डलर पुगेको छ।

आयात झन्डै २० प्रतिशतले घटेको छ भने निर्यात झन्डै ९ प्रतिशतले बढेको छ। तर यो अवधिमा व्यापार घाटा अझै पनि ठूलो छ – करिब ७६ अर्ब रुपैयाँ।

वैदेशिक रोजगारीबाट फर्किएका नेपाली कामदार

वैदेशिक रोजगारीबाट फर्किएका नेपाली कामदार

‘यी विवरण हेर्दा मलाई अलि अनपेक्षित र आश्चर्यजनक लाग्यो। यसले अर्थतन्त्र कति जटिल हुन्छ र हामीले सरल रूपमा यसलाई बुझ्न सक्दैनौँ भनेर देखाउँछ’, अर्थविद् केशव आचार्यले बताउनुभयो, ‘यी सूचक भनेको मानिसको हकमा ब्लड प्रेसर र सुगर नापेको जस्तै हो। अहिलेसम्म अर्थतन्त्र ठीकै अवस्थामा रहेको यिनले देखाउँछ।’

अर्का अर्थविद् एवं राष्ट्र ब्याङ्कका अनुसन्धान विभागमा लामो अनुभव सँगालेका नरबहादुर थापा पनि समष्टिगत आँकडा राम्रै देखिएको बताउँनुहुन्छ।

तर उहाँले यसमा मात्र निर्भर रहेर निचोड निकाल्न नहुने पनि बताउनुभयो।

चिन्ताजनक पक्ष
यो आर्थिक वर्षको पहिलो महिनामा विप्रेषणमा राम्रै वृद्धि देखिएको छ भने विदेशी मुद्रा सञ्चिति पनि मनग्गे छ तर मन्दीको मारका कारण भित्रभित्रै खोक्रो भइरहेको आशङ्का ज्यूँ का त्यूँ छ।

थापाले यसैमा जोड दिँदै समष्टिगत आँकडा राम्रो भएपनि अर्थतन्त्रको सूक्ष्मगत अवस्था निकै चिन्ताजनक रहेको बताउनुभयो।

‘अहिले हामीले खुला अर्थतन्त्रको फाइदा लिन सकेका छौँ। हाम्रा नागरिकले विदेशमा काम गरेर पैसा पठाइदिएकाले अर्थतन्त्र जोगिएको छ। नत्र हाम्रो आन्तरिक अवस्था चिन्ताजनक छ’, उहाँले भन्नुभयो।

त्यसका निम्ति थापाले केन्द्रीय ब्याङ्कको त्यही पछिल्लो विवरणमा रहेका अन्य आँकडालाई औँल्याउनुभएको छ।

‘पहिलो कुरो त निजी क्षेत्रतर्फ जाने कर्जा घटेको छ। ब्याजदर घटेको छ अनि अधिक तरलता देखिएको छ। यसले निजी क्षेत्र तथा व्यवसायीमा चरम निराशा वा निष्क्रियता सङ्केत गर्छ’, उहाँले बताउनुभयो।

त्यस्तै औद्योगिक वस्तुहरूको आयात, पेट्रोलियम पदार्थको आयात तथा पूँजीगत सामग्रीको आयात घट्नु नेपालजस्तो विकासोन्मुख देशको निम्ति खुसीको खबर हुँदै नहुने थापाले उल्लेख गर्नुभयो।

उहाँले राष्ट्र ब्याङ्कले प्रस्ताव गरेका पुनर्कर्जाको सुविधा समेत उपभोग नभएको देखिनुलाई खराब स्थिति भन्नुभयो।

Huge chunk of remittance spent in unproductive sector « Dainiki

विप्रेषणको चिन्ता
महामारी सुरु भएदेखिनै विप्रेषण आप्रवाहलाई लिएर नेपालका नीतिनिर्माता तथा अर्थविद्हरूले चिन्ता जनाएका थिए।

तर साउनसम्म पनि यसको आप्रवाह बढिरहेको छ।

‘शायद नेपालीहरू काम गर्ने देशहरूमा आर्थिक प्रभाव त्यति परेन होला अनि उनीहरूले ब्याङ्किङ् माध्यममार्फत् नै पैसा पठाउने बानी बढाए होला। त्यसैले विप्रेषणमा राम्रै स्थिति देखियो’, आचार्यले भन्नुभयो।

तर आउने दिनमा अझै पनि जनस्वास्थ्यका सङ्कट बाँकी नै छन्। फेरि लकडाउन नहोला पनि भन्न सकिन्न।

त्यसमाथि दशैँ तिहार ताका सरकारले कर्मचारीहरूलाई पेश्की तथा अन्य खर्चमा धेरै रकम पनि खर्चनुपर्नेछ जबकि राजस्वमा चाप परिरहेको छ।

साना तथा मझौला व्यवसायी तथा पर्यटन व्यवसायीहरूको हालत नाजुक नै छ।

यी पृष्ठभूमिका माझ आगामी दिन चुनौतीपूर्ण रहिरहनेमा भने अर्थविद्हरू एकमत छन्।

Share Now

Leave a comment.