Prakash Adhikari October 6, 2020

 

स्टकहोम(स्वीडेन), २० असोज(बीबीसी) । ब्ल्याक होलको अनुसन्धान गरेका तीन वैज्ञानिकलाई यस वर्ष भौतिक शास्त्रतर्फ नोबेल पुरस्कार दिने घोषणा गरिएको छ।

रोजर पेनरोज, राइनहार्ड गेन्जेल र आन्द्रिया गेजले सन् २०२० को उक्त प्रतिष्ठित पुरस्कार हात पार्नुभएको हो। उक्त पुरस्कारको रकम एक करोड क्रोनर छ।

यूकेमा जन्मिएका पेनरोजले अल्बर्ट आइन्स्टाइनको सापेक्षताको सिद्धान्तकै आधारमा ब्ल्याक होल हुने पुष्टि गर्नुभएको थियो ।

गेन्जेल र गेजले हाम्रो आकाशङ्गाको केन्द्रमा एउटा विशालकाय ब्ल्याक होल भएको प्रमाण खोज्नुभएको थियो।

ब्ल्याक होला

सोमवार चिकित्सा विज्ञानतर्फ तीन विजेताको नाम घोषणा भएको थियो।

ब्रह्माण्डबारे गरिएका अनुसन्धानहरूका लागि गत वर्ष तीन वैज्ञानिकलाई संयुक्त रूपमा भौतिक शास्त्र तर्फको नोबेल पुरस्कार दिइएको थियो।

जेम्स पीबल्सलाई ब्रह्माण्डको विकासक्रम तथा मिशल मेयर र डिडिएर क्वेलोजलाई सूर्यजस्तो एउटा तारानजिक भएको एउटा ग्रह पत्ता लगाएकाले उक्त पुरस्कार दिइएको थियो।

Share Now

Leave a comment.