Prakash Adhikari October 6, 2020

बुटबल(रुपन्देही), २० असोज । प्रदेश नं ५ को नाम अब लुम्बिनी हुने भएको छ भने स्थायी राजधानी भालुबाङ हुने भएको छ ।

उक्त प्रदेशको नाम लुम्बिनी राख्ने र राजधानी दाड.को भालुवाड.लाई बनाउने प्रदेश सरकारको प्रस्ताव त्यहाँको प्रदेशसभाले दुईतिहाइ बहुमतसहित अनुमोदन गरेको छ।

मङ्गलवार भएको मतदानमा उक्त प्रस्तावलाई दुईतिहाइ सांसदहरू समर्थन गरेका थिए।

राजधानीसम्बन्धी प्रस्तावको पक्षमा ६९ मत परेको थियो भने प्रदेश नामकरणको पक्षमा चाहिँ ७९ मत परेको थियो।

प्रदेशसभामा रहेका ८७ मध्ये चार सांसद भने उपस्थित थिएनन्।

भालुबाङलाई राजधानी तोक्ने विषयमा सत्ताधारी नेकपाकै कतिपय सांसदहरूले तीव्र अहसमति जनाउँदै आएका थिए।

यद्यपि मतदानमा भने उनीहरूले पनि सरकारी प्रस्तावमै समर्थन गरे।

प्रदेशको नाम र राजधानीसम्बन्धी प्रस्ताव पारित गर्न दुईतिहाइ मत आवश्यक पर्ने संवैधानिक व्यवस्था छ।

त्यसका लागि कुल ५८ मत आवश्यक परे पनि राजधानीको पक्षमा ६९ मत आएको थियो।

प्रस्तावको पक्षमा राप्तीपारिका नेपाली काङ्ग्रेसका सांसदहरूले पनि समर्थन जनाएका थिए।

प्रदेशसभामा कांग्रेसका १९ सांसदमध्ये १३ जनाले दाङ राजधानी राख्ने विपक्षमा मतदान गरेका छन् ।

मंगलबार राजधानीबारे सरकारले प्रस्तुत गरेको प्रस्तावमा मतदान हुँदा काँग्रेसका सांसदहरु भुवनेश्वर चौधरी, मोहम्मद याकुव अन्सारी, शंकर गिरि, डिल्ली चौधरी र अर्जुन श्रेष्ठले दाङको पक्षमा मतदान गर्नुभएको थियो।सांसदहरु डिल्ली चौधरी, गिरी र श्रेष्ठ दाङका, भुवनेश्वर चौधरी बर्दिया र अन्सारी बाँकेबाट निर्वाचित हुनुभएको हो । कांग्रेसका सांसद सुरेन्द्र हमाल काठमाडौमा रहेकोले मतदानमा सहभागी हुनुभएन।

कांग्रेसले हाल अस्थायी राजधानी रहेको बुटवललाई नै स्थायी राजधानी बनाउनु पर्ने भन्दै सरकारले ल्याएको प्रस्तावको विपक्षमा मतदान गर्न सांसदलाई ह्विप जारी गरेको थियो।

साबिकको लुम्बिनी अञ्चलका सत्ताधारी दलका एक दर्जनभन्दा बढी सांसदहरूले अहिलेको अस्थायी राजधानी बुटवललाई नै स्थायी राजधानी तोक्नुपर्ने माग गर्दै आएका थिए।

तर मतदानमा भने उनीहरूले पार्टीको निर्णयलाई नै पछ्याए।

प्रदेश नं ५

नामकरण
प्रदेशको नामकरणबारे खासै विवाद थिएन।

त्यसैले नामका विषयमा सत्ता र प्रतिपक्षका सांसदहरू एकै ठाउँमा देखिए।

प्रदेश सरकारले उक्त प्रदेशको स्थायी राजधानी दाङको भालुबाङलाई बनाउने प्रस्ताव गरेपछि विभिन्न स्थानमा विरोधप्रदर्शनहरू भएका थिए।

प्रदेशसभा भएको बुटवलमा हिंसात्मक घटनाहरू पनि भएका थिए।

सरकारले प्रदेश नामकरण र राजधानीको प्रस्ताव अचानक ल्याएको भन्दै प्रदेशसभामा सोमवार होहल्ला र कुर्सी तोडफोड समेत भएको थियो।

प्रदेश सभामा प्रतिपक्षी दलका नेता बीरेन्द्र कनौडियाले नेपाली कांग्रेसका सांसदहरुलाई विपक्षमा मतदान गर्न ह्वीप जारी गर्नुभएको थियो भने सत्तापक्षका नेता तथा मुख्य मन्त्री शंकर पोखरेलले सरकारले राखेको पक्षको प्रस्तावमा मतदान गर्न ह्वीप जारी गर्नुभएको थियो ।

प्रदेशसभामा मुख्यमन्त्री शंकर पोखरेल र विपक्षी दलका नेता वीरेन्द्र कनौडियाले प्रदेश सभामा अमर्यादित र तोडफोडको घट्ना हुने आवस्था आउन नदिने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ।

लुम्बिनी प्रदेशको राजधानी भालुबाङ अर्घाखाँचीको सीमामा पर्ने दाङ जिल्लाको सहरोन्मुख क्षेत्र हो।

राजधानीका लागि दाङको राप्ती र गढवा गाउँपालिका तथा अर्घाखाँचीको शीतगंगा नगरपालिका क्षेत्रको राप्ती नदी किनारको मैदानी भाग देउखुरी उपत्यकालाई समेटिएको भनिए पनि अहिले त्यहाँ कुनै संरचनाहरू बनेका छैनन्।

मुख्यमन्त्री पोखरेलले त्यहाँको गुरुयोजना एक वर्षभित्र बनाउने र अर्को वर्षदेखि निर्माणको काम सुरु गर्ने बताउनुभएको छ।

Share Now

Leave a comment.