Prakash Adhikari October 18, 2020

 

आबधावी (संयुक्त अरब इमिरेट्स), २ कार्तिक । भारतको चर्चित टी २० लिग इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तरगत युएईमा भैरहेको आइतबारको पहिलो तथा लिगको ३५ औं खेलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई सुपर ओभरमा पराजित गर्दै पाँचौ जित दर्ता गरेको छ।

आबुधाबीस्थित शेख जायद स्टेडियममा कोलकाताले दिएको १ सय ६४ रनको लक्ष्य पाएको हैदरावादले २० ओभरमा ६ विकेट गुमाएर समान १ सय ६३ रन बनाएपछि खेल सुपर ओभरमा प्रवेश भएको थियो।

सुपर ओभरमा पहिले ब्याटिंग गरेको हैदरावादले मात्र २ रन बनाउन सकेपछि ३ रनको लक्ष्य कोलकाताले ४ बलमा हासिल गर्यो ।
हैदरावादको ब्याटिंग

सुपर ओभर अगाडि हैदरावादको लागि कप्तान डेभिड वार्नरले ४७,जोनी बेयरस्टोले ३६,केन विलियम्सनले २९,अब्दुल समदले २३, विजय शंकर ७, मनिष पाण्डे ६, प्रियम गर्ग ४ र रशिद खानले १ रनको योगदान दिएका थिए ।

हैदरावादलाई रोक्ने क्रममा कोलकोताका शिभम माभी , प्याट कमिन्स र वरुण चक्रवर्ती ले समान १ विकेट लिएका थिए ।

कोलकाताको ब्याटिंग

यस अघि टस हारेर ब्याटिंग गरेको कोलकाताले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६३ रन बनाएको थियो।

कोलकाताको लागि शुबमन गिलले ३६, कप्तान ओएन मोर्गनले ३४, दिनेश कार्तिकले अविजित २९, नितिश रानाले २९ रन तथा राहुल त्रिपाठीले २३ र आन्द्रे रसेलले ९ रन बनाएका थिए।

कोलकोतालाई रोक्ने क्रममा हैदरावादको बलिंगमा टि नटराजनले सर्वाधिक २ विकेट लिए भने बसिल थम्पी , विजय शंकर र राशिद खानले समान एक एक विकेट लिए।

अंकतालिका र आगामी खेल


जितपछि कोलकाता अंकतालिकामा ९ खेलमा ५ जित र ४ हार पछि १० अंक बटुल्दै चौथो स्थानमा यथावत रहेको छ। दिल्ली १४ अंक सहित पहिलो, मुम्बई र बैंगलोर १२ अंक सहित दोश्रो र तेश्रो स्थानमा रहेका छन्।

हारपछि हैदरावाद पाँचौ स्थानमा यथावत रहेको छ। हैदरावादले ९ खेल खेल्दा ३ खेल मात्र जित्न सकेको छ। बराबर अंक रहे पनि चेन्नाई र राजस्थान छैठौं र सातौँ स्थानमा रहेका छन्। पञ्जाब ४ अंकसहित आठौँ स्थानमा रहेको छ।

लिग अन्तर्गत कोलकाताले आगामी खेल बुधबार बैंगलोर बिरुद्ध तथा हैदरावादले राजस्थान बिरुद्ध बिहिबार खेल्ने तालिका रहेको छ।

Share Now

Leave a comment.