Prakash Adhikari October 24, 2020

 

काठमाडौँ, ८ कार्तिक । जनता समाजवादी पार्टी नेपालको संघीय परिषद्का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र पत्नी हिसिला यमीलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

गत कार्तिक ७ गते गरिएको स्वाब परीक्षणमा आफू र पत्नी यमीलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको डा. भट्टराईले सामाजिक सञ्जालमा जानकारी दिनुभएको छ ।

उहाँले चिकित्सकहरूको सल्लाह बमोजिम दुवै जना होम आइसोलेसनमा बसेको पनि उल्लेख गर्नुभएको छ ।

गोर्खा र मधेशका केही जिल्लाहरुको भ्रमण गरेर काठमाडौँ फर्कनुभएका डा.भट्टराई मधेशका आमसभा र पार्टी प्रवेश लगायत विभिन्न कार्यक्रममा सहभागी हुनुभएको थियो ।

कोरोनाबाट जोगिन अबलम्बन गर्नुपर्ने न्यूनतम भौतिक दूरी पनि कायम नगरिएको सहभागीलाई माक्स पनि नलगाइएको भन्दै पूर्व प्रधानमन्त्री भट्टराई सरिक हुनुभएका कार्यक्रमको निकै आलोचना पनि भएको थियो ।

Share Now

Leave a comment.