लाहोर(पाकिस्तान), ११ कार्तिक(बीबीसी) । पाकिस्तानकै पहिलो व्यावसायिक मेट्रो रेल पूर्वी सहर लाहोरमा सञ्चालनमा आएको छ।
एक दर्जनभन्दा बढी स्टेशन सहितको २७ किलोमिटर लामो मेट्रो लाइनको निर्माणले भिडभाडयुक्त उक्त सहरमा बसमा यात्रा गर्दा लाग्ने साढे दुई घन्टाको समय ४५ मिनेटमा झारिदिएको छ।

अधिकारीहरूले उक्त मेट्रो पूर्ण क्षमताका साथ सञ्चालनमा आएमा हरेक दिन करिब साढे दुई लाख मानिसले उक्त सुविधाको प्रयोग गर्ने ठानेका छन्।
पञ्जाब राज्यका मुख्यमन्त्री उस्मान बुज्दारले उद्घाटनका क्रममा भने, ूयो परियोजनाले लाहोरका जनतालाई विश्वस्तरीय सुविधा प्रदान गर्नेछ।ू

राजनीतिक विवाद र वर्षौँको ढिलाई पछि करिब ३०० अर्ब पाकिस्तानी रूपियाँ लगानी भएको यो आयोजनाले अन्ततस् सोमवार यात्रुहरूलाई सेवा दियो।
चिनियाँ साथ
यो मेट्रो चिनियाँ सरकारको सहयोगमा निर्माण भएको हो। पछिल्ला वर्षहरूमा पाकिस्तानले ठूलो मात्रामा ऋण लिएको भन्दै प्रश्नहरू उठाइएका थिए।

चीनले बीआरआई परियोजनाको अङ्ग अन्तर्गत पाकिस्तानमा दशौँ अर्ब डलर लगानी गरेको छ। जस अन्तर्गत ठूलो पूर्वाधार निर्माणसँगै एशिया, अफ्रिका र युरोपको अर्थतन्त्रसँग जोड्ने लक्ष्य छ।
उक्त मेट्रो परियोजनालाई लिएर खासगरी विश्व सम्पदा स्थलको रूपमा रहेको शालीमार गार्डेन जस्ता लाहोरका प्रख्यात स्थल प्रभावित हुने चिन्ता गर्दै मानिसहरूले प्रदर्शन पनि गरेका थिए।
विरोध

मेट्रो लाइन बनाउँदा ६०० भन्दा धेरै रूख काट्नु परेको थियो। चिनियाँ महावाणिज्यदूतले उद्घाटनका अवसरमा बोल्दै मेट्रो प्रणाली पाकिस्तान र चीनबीचको मित्रताको कोसेढुङ्गा भएको बताउनुभएको थियो।
ूम पञ्जाब सरकार र पाकिस्तानका जनतालाई यस अवसरमा बधाई दिन चाहन्छु,ू , उहाँले भन्नुभएको थियो ।
चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाले उक्त मेट्रो लाइन दक्षिण एशियाली देशको निम्ति सार्वजनिक यातायातको क्षेत्रमा नयाँ चरणको सुरुवात भनेको छ।


















