Prakash Adhikari November 13, 2020

 

काठमाडौं, २८ कार्तिक । ख्याती प्राप्त इटालियन ब्रान्ड भेन्चुरिनीको शो रुप दरबारमार्गमा खुलेको छ ।

नवसमृद्धि इन्टरप्राइजेजले इटालियन डिजाइन र बंगलादेशको उत्पादन भेन्चुरिनी नेपाल भित्र्याएको हो।

शुक्रबार एक औपचारिक कार्यक्रमका बीच काठमाडौंको दरबारमार्गमा भेन्चुरिनीको शो–रुमको संयुक्त उद्घाटन कलाकारहरू ऋचा शर्मा, नीति शाह, प्रशान्त ताम्राकार र एलिजा गौतमले गर्नुभएको छ ।

एशियाको दोस्रो ठूलो उत्पादन कम्पनी भेन्चुरिनीलाई नेपालमा पहिलो पटक ल्याइएको हो । उद्घाटन कार्यक्रममा अभिनेत्री ऋचा शर्माले अन्तर्राष्ट्रिय ब्रान्डहरू नेपालमा आउदा तीउत्पादनसँग परिचितहुने मौका मिल्ने र नेपाली उत्पादकहरुलाई अझ गुणस्तरीय सामान उत्पादन गरी उपभोक्ताको मन जित्ने प्रेरणा मिल्ने बताउनुभयो ।

दरबारमार्गस्थित वान दरबार मलमा राखिएको शो–रुममा जुत्ता, पर्स, बेल्ट, सेन्डल र ब्याग (झोला)उपलब्ध रहेको नवसमृद्धि इन्टरप्राइजेजका अध्यक्ष राजु थापाले बताउनुभएको छ।

‘फुटवेयर र लेदरकाउत्पादनहरू, पार्टी वेयर, फर्मलदेखि क्याजुअलसम्मका सामग्रीहरू चाँडै उपलब्ध हुनेछन्,सबै उमेर समूहलाई लक्षित गरेर भेन्चुरिनीका उत्पादन उपलब्ध गराउने छौँ,’ थापाले भन्नुभयो।

नवसमृद्धि इन्टरप्राइजेजका निर्देशन सुरज केसीकाअनुसार भेन्चुरिनी ब्रान्डलाई देशका १० सहरमा पु¥याइने छ । एक महिनाभित्र पोखरामा भेन्चुरिनी विस्तार गरिने छ,’ केसीले भन्नुभयोे, ‘चितवन, विराटनगर, धरान, बिर्तामोड, वीरगञ्ज, नेपालगञ्ज, धनगढी,हेटौँडा रबुटवलमा एक वर्षभित्रविस्तार गरिने छ।’

इटालियन प्रिमियम ब्रान्ड तथा बंगलादेशको उत्पादन भेन्चुरिनी ब्रान्डको प्रयोगबाट नेपाली उपभोक्ताले लाभ लिन सक्ने नवसमृद्धिका निर्देशक सुदिपचन्द्र बख्रेलले बताउनुभयो ।

‘भेन्चुरिनीका उत्पादनमा गुणस्तरलाई विशेष ध्यानदिइएको छ, नेपाली उपभोक्तामाथि भेन्चुरिनी चाँडै लोकप्रिय हुने विश्वास हामीले लिएका छौँ,’ बख्रेलले भन्नुभयो ।

कोरोना प्रकोपका कारण व्यापारको शैली बदलिएकाले अबअनलाइनमार्फत् पनि भेन्चुरिनी ब्रान्ड उत्पादनहरू बिक्रीवितरण गरिने उहाँले बताउनुभयो।

कलाकारहरूले के भने?

भेन्चुरिनीको शो–रुम उद्घाटन गर्दै कलाकार ऋचा शर्माले नेपालमा अन्तर्राष्ट्रिय ब्रान्डको विस्तार समयानुकूल रहेको धारणा राख्नुभयो ।

विश्वव्यापीकरणको प्रभाव स्वरुप अन्तर्राष्ट्रिय बजारमाउपलब्ध सामग्री नेपाली बजारमा परिचित गराउँदा उत्पादन र उपभोक्तालाई लाभहुने शर्माको धारणा छ।

शर्माले भन्नुभयो,‘हामीले गुणस्तरमाध्यान दिनुपर्छ, भेन्चुरिनी ब्रान्डले गुणस्तरलाई ध्यानदिएकाले नेपालीउपभोक्ताले लाभलिन सक्ने मैले पाएकी छु।’

मोडल तथा अभिनेत्री नीति शाहले अन्तर्राष्ट्रिय बजारका उत्कृष्ट उत्पादनहरूलाई नेपालमा आउँदा उपभोक्ता लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा अभिनेत्री एलिजा गौतम र कलाकार प्रशान्त मालाकारले भेन्चुरिनी अन्तर्राष्ट्रिय बजारमा लोकप्रिय ब्रान्ड रहेकाले नेपाली उपभोक्ताको मन जित्न सफल हुने विश्वास व्यक्त गर्नुभयो्।

कार्यक्रमको संयोजन गरेको नेक्स्ट मोडल नेपालका अध्यक्ष रवि धमलाले एशियाको दोस्रो ठूलो उत्पादन कम्पनी भेन्चुरिनी ब्रान्ड नेपाली उपभोक्ताको मन जित्ने विश्वास व्यक्त गर्नुभयो ।

Share Now

Leave a comment.