Prakash Adhikari December 7, 2020

 

काठमाडौं, २२ मंसिर। गायक राजा खतिवडाले आफ्नो डेब्यु गीत ‘थोत्रे साइकल’को म्युजिक भिडियो सार्वजनिक गर्नुभएको छ।

प्रेमिल शैलीको युगल गीतमा गायक खतिवडाको साथमा संचारकर्मी तथा गायिका योजना पुरीको स्वर सुन्न सकिन्छ। पुष्कर खतिवडाको शब्द र संगीतमा रहेको यस गीतलाई ओम सुनारले संगीत संयोजन गर्नुभएको हो।

युवा युवतीको विचको प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको म्युजिक भिडियोम स्वयम गायक राजा खतिवडा र श्रृजु ढुंगाना मुख्य भुमिकामा फिचर्ड हुनुहुन्छ भने राजन मोक्तान, हेमलाल घिमिरे र सफल पुरीको समेत अभिनय भिडियोमा समेटिएको छ ।

इलामको रमणीय चिया बगानको दृश्य समावेश गरिएको म्युजिक भिडियोलाई ओम प्रसाईले छायांकन गर्नुभएको हो। भिडियोमा नविन निरौलाको सम्पादन छ। जीवन शाहीको निर्देशनमा भिडियो तयार पारिएको हो।

Share Now

Leave a comment.