Prakash Adhikari December 10, 2020

 

काठमाडौं, २५ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवालले शिष्टाचार भेट गर्नुभएको छ ।

उहाँले प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटारमा विहिबार दिउँसो भेट गर्नुभएको हो ।

 

प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराइका अनुसार शिष्टाचार भेटमा दुई देशको जनस्तरको सम्बन्ध विस्तार गर्ने बारेमा सामान्य कुराकानी भएको छ ।

पछिल्लो समय भारतीय उच्चस्तरीय प्रतिनिधिहरु नेपाल भ्रमणमा आउनेक्रम बढेको र भेटमा दुई देशको हितलाई मध्येनजर गरी आपसी समझदारीअनुसार काम गर्ने छलफल भएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार भेटमा दुई देशबीचको आपसी सम्बन्ध विस्तार र हितमा काम गर्ने विषयमा छलफल भएको छ ।

यसअघि भारतीय विदेश सचिव हर्षवद्र्धन श्रृङ्गला नेपाल भ्रमणमा आउनुभएको थियो । उहाँले मंसिर ११ गते राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट गर्नुभएको थियो ।

 

Share Now

Leave a comment.