Prakash Adhikari December 15, 2020

काठमाडौं, ३० मंसिर । नेपाली क्रिकेटका तारा सन्दीप खेलाडी अष्ट्रेलियाको चर्चित बिग ब्यास टी २० क्रिकेट लिग खेल्न मंगलबार त्यसतर्फ प्रस्थान गरेका छन ।

केही समय अगाडि मात्र आफू अब छिट्टै अष्टे्रलियाको एडिलेड पुग्ने भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गर्न लागेको फोटोसहितको संक्षिप्त सन्देश ट्वीट गरेका छन् ।

उनी आबद्ध होबर्ट हुरिकेन्सले १६ डिसेम्बर बुधबार उतास स्टेडियममा पर्थ स्कोर्चससंग प्रतिस्पर्धा गर्दै छ ।

यस पहिले उनी आबद्ध होबर्ट हुरिकेन्सले दुई खेल खेलिसकेको छ । उसले सिड्नी सिक्सर्स र मेलबर्न रिनिगेट्संगका दुवै खेल जितेको छ । यसपछि उसको खेल सिड्नीमा सिड्नी थन्डर्ससंग डिसेम्बर २० मा हुनेछ ।

नेपाली क्रिकेट स्टार सन्दीपले बिगब्यासमा मेलबर्न स्टारका तर्फबाट दुईपटक खेलिसकेका छन् । दुवै संस्करणमा उनको प्रदर्शन राम्रो रहेको थियो ।

उनलाई अन्तर्राष्ट्रिय क्रिकेट लिगमा डेब्यु गराउने भारतको आईपीएलको यो संस्करणमा उनको टिमले खेलेका १८ खेलमा मैदानमा उत्रिने मौका नदिएकोले उनले आफ्नो क्षमता बिग ब्यासमा देखाउने अपेक्षा गरिएको छ ।

नेपाली क्रिकेट खेलाडी सन्दीप केही समय पहिले कोरोना भाइरसको लक्षण देखिएपछि अस्पताल भर्ना भएर निकोभएपछि डिस्चार्ज भएका थिए ।

सिड्नीसंग मेलबर्नको हार

अस्ट्रेलियामा जारी बिग ब्यास लिग अन्तर्गत छैठौं खेलमा सिड्नी सिक्सर्सले मेलबर्न रेनेगेड्सलाई १ सय ४५ रनको विशाल अन्तरले पराजित गरेको छ।

बेलिरिभ ओभल मैदान होबार्टमा सम्पन्न खेलमा सिड्नीले दिएको २ सय ६ रनको विशाल लक्ष्य पछ्याउने क्रममा मेलबर्नले १०.४ ओभरमा सबै विकेट गुमाएर ६० रन मात्र बनाउन सक्यो। मेलबर्नको योगफल बिग ब्यास लिग इतिहासमै दोश्रो कम योगफल हो। यस अघि मेलबर्नलेनै २०१४।१५ सिजनमा मेलबर्न स्टार्ससंग ५७ रन मात्र बनाउन सकेको थियो।

मेलबर्नलाई रोक्ने क्रममा सिड्नीका बेन ड्वारसुइसले ४ विकेट लिए भने स्पिनर स्टिभ ओकिफले ३ विकेट र कार्लोस ब्राथवेटले २ विकेट लिएका थिए।

मेलबर्नको ब्याटिंगमा शन मार्श, जेक फ्रेसर र केन रिचर्डसनले समान १३ तथा कप्तान आरोन फिन्चले १२ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

यस अघि टस हारेर ब्याटिंग गरेको सिड्नीले २० ओभरमा ४ विकेट गुमाएर २ सय ५ रन बनाएको थियो।

सिड्नीका ओपनर जोश फिलिपले सर्वाधिक ९७ रन बनाएका थिए भने जोर्डन सिल्कले ४५, डानियल हयुज ३२, जेम्स भिन्स १७, डानियल क्रिस्टन ११ र ज्याक इडवार्डले १ रन बनाएका थिए ।

मेलबर्नको बलिंगमा पिटर हाटजोग्लुले सर्वाधिक २ तथा जोश लालोर र केन रिचर्डसनले एक एक विकेट लिएका थिए।

Big Bash League

जितपछि सिड्नी २ खेलमा १ जित र १ हार पछि अंकतालिकामा ५ अंक सहित तेश्रो स्थानमा पुगेको छ। हार पछि मेलबर्न समान जित र हार पछि ४ अंक सहित चौथो स्थानमा रहेको छ। अंकतालिकाको शिर्ष स्थानमा ८ अंक सहित मेलबर्न र दोश्रो स्थानमा ७ अंक सहित हुरिकेन्स रहेको छ।

 

Share Now

Leave a comment.