Prakash Adhikari January 9, 2021

 

मुम्बई(भारत), २५ पौष(बीबीसी) । महाराष्ट्र राज्यको भण्डारा जिल्लाको जिल्ला अस्पतालमा आगलागी हुँदा १० नवजात शिशुको मृत्यु भएको छ।

समाचार संस्था पीटीआईका अनुसार शनिवार बिहान २ बजे न्यूबर्न केयर युनिटमा आगो लागेको थियो। उक्त युनिटबाट सातजना शिशुलाई सुरक्षित निकालिएको थियो। भण्डारा मुम्बईबाट ९०० किलोमिटर टाढा पर्छ।

अस्पताल भवनमा आगलागीका कारण धुवाँ भरिँदा सास फेर्न गाह्रो भएर नवजात शिशुहरूको मृत्यु भएको बताइएको छ।

मुम्बई मिररका अनुसार अस्पतालका कर्मचारीले उक्त कक्षको ढोका खोल्दा त्यहाँ धुँवा भरिएको थियो। त्यसपछि अस्पतालका वरिष्ठ अधिकारीहरूलाई घटनाबारे खबर दिइएको थियो।

कारण
लगत्तै अग्नि नियन्त्रक अस्पताल पुगेका थिए। जिल्लाका प्रशासनिक निकायका अधिकारीहरू र प्रहरी अधिकारी पनि अस्पताल पुगेको बताइएको छ। भण्डारा जिल्लाका प्रहरी अधिकारी बसन्त जाधवले उक्त घटनाबारे जाँचबुझ सुरु भएको बताएका छन्।

महाराष्ट्र
शल्य चिकित्सक प्रमोद खाण्डेतले समाचार पत्र टाइम्स अफ इण्डियालाई तीन(चार जना बच्चा जलेर मरेको तथा बाँकीको अक्सिजन आपूर्ति रोकिएर मृत्यु भएकोे बताउनुभएको छ ।

उहाँका अनुसार केही बच्चा अस्पतालमै जन्मिएका थिए र केही उपचारका लागि बाहिरबाट आएका थिए।

टाइम्स अफ इण्डियाको खबर अनुसार झट्ट हेर्दा बिजुलीको तारमा आएको खराबीका कारण आगलागी भएको देखिएको छ। घटना हुँदा एक चिकित्सक र एक नर्स ड्यूटीमा थिए।

दुख: व्यक्त

यसैबीच कंग्रेस नेता राहुल गान्धीले ट्वीट गर्दै बच्चाहरूको मृत्यु प्रति दुस्ख व्यक्त गर्नुभएको छ।

ुुमहाराष्ट्रको भण्डारा जिल्लामा भएको दुर्भाग्यपूर्ण घटना निकै दुस्ख लाग्दो छ। जसले आफ्नो बच्चाको ज्यान गुमाएका छन्, उनीहरू प्रति मेरो संवेदना छ। म महाराष्ट्रको सरकारसँग पीडितका लागि आवश्यक मद्दत गर्न अपिल गर्छु।ू

महाराष्ट्र

गृहमन्त्री अमित शाहले दुस्ख व्यक्त गर्दै ट्वीट गर्नुभएको छ।

उहाँले आफ्नो ट्वीटमा लेख्नुभएको छ, ुुयो एकदमै दुर्भाग्यपूर्ण हो। म यस घटनाबारे निकै दुखी छु। पीडित परिवारप्रति मेरो संवेदना छ। यो अपूरणीय क्षतिमा ईश्वर पीडित परिवारलाई दुख सहने शक्ति दिऊन्।ुु

 

Share Now

Leave a comment.