
वाशिंटन डी.सी.(संयुक्त राज्य अमेरिका), २५ पौष। अमेरिकामा डेमोक्र्याटहरूले बुधवार अमेरिकी क्यापिटल भवनमा भएको घटनामा राष्ट्रपति डोनल्ड ट्रम्पको भूमिकाका कारण महाभियोग लगाउने योजना गरेका छन्।
सभामुख न्यान्सी पेलोसीले यदि ट्रम्पलाई उहाँको क्याबिनेटले हटाएर उपराष्ट्रपति माइक पेन्सलाई कार्यबाहक राष्ट्रपति बनाउने संविधानको २५ औं संशोधनलाई क्रियाशील नगरेमा महाभियोगको प्रक्रिया अगाडि बढाउने बताउनुभएको छ।
डेमोक्र्याटहरूले संसद्मा सोमवार ‘राज्यद्रोह प्रोत्साहन’ अभियोग पेश गर्दैछन्।
पाँच जनाको ज्यान जाने गरी संसद्मा भएको दङ्गालाई प्रोत्साहन गरेको आरोप उनीहरूले ट्रम्पमाथि लगाएका छन्।
https://twitter.com/SethAbramson/status/1347766218770567169
राष्ट्रपति निर्वाचित जो बाइडनले महाभियोगबारे संसद्ले निर्णय गर्ने बताउनुभएको छ। बाइडनले ‘ लामो समयदेखि आफूलाई ट्रम्प राष्ट्रपति पदका लागि योग्य नभएको’ लागेको बताउनुभएको छ।
सत्तारुढ रिपब्लिक पार्टीका सांसदहरुले भने दुई हप्तापछि स्वभाविक रुपमा पदबाट विदा हुन लाग्नुभएका राष्ट्रपति ट्रम्पलाई महाभियोग लगाएर गलहत्याउने कार्यले मुुलुकलाई झन जटील अवस्थामा लैजाने बताएका छन् ।
ह्वाइट हाउसले पनि महाभियोगको विषयलाई ‘राजनीतिक स्वार्थ’को कदम भन्दै त्यसले ‘महान देशलाई थप विभाजित गर्ने’ बताएको छ।
तर राष्ट्रपतिको आह्वान र संरक्षणमा विधायिकामाथि आक्रमण गर्ने कार्यले अमेरिकी प्रजातन्त्र र संसारभरको प्रजातन्त्रिक व्यवस्थामा गलत नजिर स्थापना हुने भएकोले त्यसलाई रोक्न यस्तो कदम बाध्यकारी र अपरिहार्य भएको बताएका छन् । अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभका करिब १ सय ६० सदस्यहरूले उक्त विधेयकमा हस्ताक्षर गरेका छन्।
बुधवार क्यापिटलमा भाँडभैलो भइरहँदा उक्त विधेयक क्यालिफोर्निया राज्यका सांसद् टेड लिउ र रोड आइल्यान्डका डेभिड सिसिलीनले मस्यौदा गर्नुभएको थियो।
यदि महाभियोग प्रक्रिया अगाडि बढ्यो भने त्यो राष्ट्रपति ट्रम्प विरुद्धको दोस्रो महाभियोग प्रयत्न हुनेछ।
डिसेम्बर २०१९ मा तल्लो सदनले ट्रम्पलाई अन्य अभियोगहरूमा महाभियोग लगाउने प्रस्ताव पारित गरेको थियो तर सिनेटले फेब्रुअरी २०२०मा उहाँलाई सफाइ दिएको थियो।
कुनै पनि अमेरिकी राष्ट्रपतिलाई अहिलेसम्म दुईपटक महाभियोग लागेको छैन।
रिपब्लिकनहरूको सिनेटमा बहुमत भएका कारण महाभियोग पारित नहुन सक्छ।
क्यापिटल हिलभित्र प्रहरी र ट्रम्पका समर्थकबीच भएको दङ्गा
एकजना मध्यमार्गी रिपब्लिकन सिनेटर लिसा मुर्कोस्किले आलस्काको एउटा अखबाररलाई ट्रम्प ‘अब बाहरिनुपर्ने’ बताउनुभएको थियो। र नेब्रास्काका अर्का सिनेटर बेन सासेले महाभियोग ‘निश्तित रूपमा मनन गर्ने’ बताउनुभएको छ।
तर ट्रम्पको पार्टीका अरू सदस्यले पनि महाभियोगको समर्थन गर्छन् भन्ने सङ्केत मिलेको छैन।
ट्रम्प राष्ट्रपति पदबाट बाहिरिन धेरै समय छैन।
संवैधानिक ज्ञाताहरू राष्ट्रपति पदबाट बाहिरिएपछि पनि महाभियोग प्रक्रिया जारी रहनसक्ने भन्नेबारे विभाजित छन्।
Former White House chief of staff John Kelly says he'd vote to remove President Trump if he were in the Cabinet https://t.co/NyPXh1bfmz
— CNN (@CNN) January 9, 2021
यदि ट्रम्पमाथि महाभियोग लाग्यो भने उनी भविष्यमा कुनै पनि सार्वजनिक पदमा बस्न अयोग्य ठहरिनुहुनेछ।
मस्यौदा महाभियोग पत्रमा के छ ?
बीबीसीको साझेदार सीबीएस न्यूजले प्राप्त गरेको मस्यौदा महाभियोग पत्रको एक बुँदामा ुराज्यद्रोह उक्साएकोु उल्लेख छ।
मस्यौदामा लेखिएको छ, ‘डोनल्ड जोन ट्रम्पले संयुक्त राज्य अमेरिकाको सरकारविरुद्ध जानीजानी गरिएको हिंसा र अपराधमा सहभागी भएका छन्।’
‘त्यसैले उनी राष्ट्रपति रहिरहन सक्ने भन्ने विश्वासमाथि घात गरेका छन्।’
राष्ट्रपति ट्रम्पले आफ्ना समर्थकहरूलाई बाइडनको इलेक्टोरल कलेज जितको प्रमाणिकरण हुने दिन संसद भवन क्यापिटलतर्फ जुलुश गर्न आग्रह गरेका थिए।
महाभियोग भनेको के हो ?
राष्ट्रपतिमाथि कंग्रेसले अभियोग लगाउनु नै महाभियोग हो।
सामान्य अवस्थामा महाभियोगको प्रस्तावमा उल्लेखित विषयमा अनुसन्धान हुन्छ र प्रमाणसहित संसदको न्यायिक समितिमा पठाइन्छ । त्यहाँ सुनुवाई हुन्छ, मस्यौदा लेखिन्छ र पूर्ण सदनमा पठाइन्छ । सन २०१९ मा युक्रेनका राष्ट्रपतिसंगको सम्बन्धलाई लिएर यही प्रक्रिया अपनाइएको थियो । यसमा ३ महिना लागेको थियो ।
तर अहिलेको अवस्था भिन्न छ, बुधबार संसदभवनमा हमला भएको बेलामा अधिकांश सांसद त्यहि थिए । यसको लागि अनुसन्धान गर्नुपर्ने अवस्था छैन । सभामुखले सुुनुुुवाईको प्रक्रिया र न्यायिक कमिटिको लामो प्रक्रियामा नजाने गरी सदनबाटै यसलाई मतदानमा लैजान सक्नहुन्छ । राष्ट्रपतिविरुद्ध महाभियोग लगाउन आवश्यक छ भनेर संसदले एकपटक मतदान गरेमा यी प्रस्ताव र प्रमाणहरु सिनेटमा पठाइने छ त्यहाँ बयान गरी त्यहाँ मतदानबाट निर्णय गरिने छ ।
२५ औं संशोधनको कुरा
सभामुख पेलोसीले बिहिबार भन्नुभएको छ कि यदि उपराष्ट्रपति माइक पेन्स र अन्य क्याबिनेट सदस्यहरुले राष्ट्रपतिलाई अमेरिकी संविधानको २५ औं संशोधनको तहत रहेर पदबाट मुक्त गरेमा महाभियोगमा जानु नपर्ने बताउनुभएको छ । अमेरिकी संविधानको २५ औं संशोधनले उपराष्ट्रपति र क्याबिनेटको बहुमत सदस्यलाई राष्ट्रपति आफ्नो पदाधिकार सम्हाल्न अयोग्य रहेको घोषणा गर्न सक्दछन र त्यसपछि उपराष्ट्रपति कायममुकायम राष्ट्रपति बन्नेछन् ।
तर संसदको आक्रमणपछि क्याबिनेटका केही सदस्यहरुले राजिनामा दिइसकेको हुनाले यो संभावना न्यून हुँदै गएको छ ।
यदि महाभियोग प्रक्रिया अगाडि बढेमा ट्रम्प महाभियोग लगाइएका तेस्रो राष्ट्रपति हुनुहुन्छ र आफ्नो कार्यकालमा २ पटक महाभियोग सामाना गर्ने पहिलो ।(बीबीसी)