जकार्ता(इण्डोनेशिया), २५ पौष(बीबीसी) । इण्डोनेशियाको राजधानी जकार्ताबाट अनुमानित ६२ जना यात्रु बोकेर उडेको एक यात्रुवाहक विमान उडेलगत्तै बेपत्ता भएको छ।
श्रीविजया एयर बोइङ ७३७ विमान देशको वेस्ट कालिमान्तन प्रान्तको पोन्टिआनक जाने क्रममा रहेको अधिकारीहरूले बताएका छन्।
उडानहरूको विवरण राख्ने वेवसाइट फ्लाइटरडार डट कमका अनुसार एक मिनेटभन्दा कम समयमा उक्त विमानले ३ हजार मिटर उचाइ गुमाएको थियो।
विमानका भग्नावशेषझैँ देखिने तस्बिरहरू टेलिभिजन र सामाजिक सञ्जालमा देखा परेका छन्।
प्रत्यक्षदर्शीका बयान
प्रत्यक्षदर्शीहरूले कम्तिमा एउटा विष्फोटन देखेको बताएका छन्।
माछा मारिरहेका एकजना व्यक्ति सोलिहिनले बीबीसी इन्डोनेशियाली सेवासँग कुरा गर्दै दुर्घटना देखेपछि आफ्ना क्याप्टेनले जमिनतर्फ फर्कने निर्णय गरेको बताउनुभएको छ।
सोलिहिनले भन्नुभयो, ‘विमान विजुली चम्किएजसरी समुद्रमा खस्यो र पानीमा पड्कियो। त्यो हामीबाट नजिकै भएको थियो। प्लाइवुडजस्तो एउटा अवशेषले झण्डै हाम्रो पानीजहाजलाई ठोकेको थियो।’
विमान बेपत्ता भएको क्षेत्र नजिकैको एक टापुका केही बासिन्दाहरूले बीबीसीलाई आफूहरूले विमानको जस्तो लाग्ने वस्तु भेटेको बताएका छन्।
उक्त विमान राजधानी जकार्ताबाट उडेको थियो।

असहज प्रश्न
सो विमानसँग अन्तिमपटक स्थानिय समय अनुसार २ बजेर ४० मिनेट जाँदा सम्पर्क भएको बताइएको छ।
देशको यातायात मन्त्रालयले खोजी कार्य भइरहेको जनाएको छ।
विवरणहरूका अनुसार बोइङ ७३७(५०० मोडलको उक्त विमान २७ वर्ष पुरानो हो।
तर बीबीसीका व्यापार संवाददाता थेओ लेगेट भन्छन्स् ूत्यति पुराना विमान अझै सेवामा रहनु कुनै असामान्य कुरा भने होइन।ू
तुलनात्मक रूपमा कमजोर उड्डयन सुरक्षा रेकर्ड रहेको इन्डोनेशियाका विमान सेवाहरूले एक दशकभन्दा बढी समय युरोपमा उड्नका लागि प्रतिबन्ध सामना गरेका थिए।
सन् २०१८ मा त्यो हटाइएको थियो।

सन् २००९ मा खिचिएको बेपत्ता विमानसेवाको एक जहाजको फोटो
पछिल्ला वर्षमा बोइङका ७३७ म्याक्स मोडलका दुईवटा विमान ठूला दुर्घटनामा परेका थिए।
तीमध्ये पहिलो दुर्घटना सन् २०१८ को अक्टोवरमा इन्डोनेशियाको लायन एयरको उडानमा भएको थियो जसमा १८९ जनाले ज्यान गुमाएका थिए








