काठमाडौं,२ माघ । नेपाल भारत संयुक्त आयोगको छेटौं बैठक भारतको नयाँदिल्लीस्थित हैदराबाद हाउसमा शुक्रबार सम्पन्न भएको छ ।
बैठकमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गर्नुभएको थियो भने भारतीय प्रतिनिधि मण्डलको नेतृत्व भारतयि विदेश मन्त्री एस जयशंकरले गर्नुभएको थियो ।
बैठकमा परराष्ट्रमन्त्रालयका सचिव भरतराज पौड्याल एवं भारतीय विदेश सचिव श्री हर्षवद्र्धन श्रृंगला लगायतका दुवै देशका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
The 6th meeting of Nepal-India Joint Commission has started at Hyderabad House in New Delhi. Hon Foreign Minister @PradeepgyawaliK and the External Affairs Minister of India, H.E. Dr S. Jaishankar are leading the respective delegations which consist of… pic.twitter.com/DCYoKH02WX
— Nepal Embassy, India (@EONIndia) January 15, 2021
बैठकले दुवैपक्षबीच भएका विभिन्न सहयोग एवं साझेदारीको क्षेत्रको समीक्षा गरेको छ ।
बैठकमा स्वास्थ्य, शिक्षा, पर्यटन, उर्जा, जलस्रोत, तेल, ग्यास, राजनीतिक सुरक्षा मुद्दाहरु, सीमा व्यवस्थापन, विकास साझेदारी र संस्कृति अभिवृद्धिलगायतका क्षेत्रमा थप सम्बन्ध विस्तार गर्दै अघि बढ्ने निश्कर्ष निकालेको छ ।
बैठकमा कोरोना भाइरसको माहामारीविरुद्ध खोप कोभिसिल्डको उत्पादनको व्यवस्था मिलाएकोमा भारतलाई बधाइ दिँदै नेपाली प्रतिनिधि मण्डलले त्यस्तो खोप नेपाललाई पनि प्राथमिकताको साथ उपलब्ध गराउन अनुरोध गरेको थियो।
त्यस्तै मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको उल्लेखनीय सफलतालाई समेत दुवैपक्षले स्वागत गर्दै अब सिलिगुडी देखि झापासम्म पनि नयाँ पाइपलाइन विस्तार गर्ने योजना अघि सारेको छ ।
दुवै पक्षले सिमाक्षेत्र व्यवस्थापनका लागि थप पहल चाल्ने निर्णय गरेको छ । विरगञ्ज र बिराटनगरमा हालै उद्घाटन गरिएका चेकपोष्टले सीमा सुरक्षालाई सहज पारेको समीक्षा गरिएको छ ।
भारतले नेपालमा दुई सांस्कृतिक योजना पशुपतिनाथ रिभरफ्रन्ट र पाटन दरबारमा भण्डारखाल बगौँचा निमार्णका लागि अनुदान सहित सयोग गर्ने भएको छ । नेपालले भारतलाई संयुक्त राष्ट्र संघको स्थायी सदस्यमा समर्थन र साथ दिने प्रतिवद्धता व्यक्त गरेको छ ।
आयोगको अर्को बैठक नेपालमा बस्न दुवै पक्ष सहमत भएका छन् ।