Prakash Adhikari February 13, 2021

काठमाडौं, १ फागुन । बैतडीकी १७ बर्षिया किशोरी भागरथी भट्टको बलात्कार पछि हत्या गर्नेलाई कडा भन्दा कडा कारबाही गर्न माग गर्दै नेपाली काँग्रेस सुनसरी काठमाडौं सम्पर्क समितिले राजधानीमा धर्ना कार्यक्रम सम्पन्न गरेको छ ।

बानेश्वरको एभ्रेष्ट होटल नजिक भएको धर्ना कार्यक्रममा नेपाली काँग्रेस सुनसरी काठमाडौं सम्पर्क समितिका सभापति बाबुराम आचार्यले छोरी चेली बलात्कृत हुनु भनेको आफ्नै छोरी चेली सम्झेर न्यायका लागि सबै लाग्नुपर्ने बताउनुभयो ।

उहाँले निर्मला पन्तको बलात्कार र हत्या गर्ने अपराधीलाई अनुसंधान गरी कारबाही नगरिएकोले अपराधी मनोवृत्तिका व्यक्तिहरुमा यस्तो दुस्साहस पलाएको बताउदै बलात्कार र हत्याका अपराधी कानूनको कठघरामा आउनुपर्ने बताउनुभयो ।

कार्यक्रमका सहभागीहरुले भागरथीलाई न्याय दे, बलात्कारीलाई फाँसी दे, महिला हिँसा बन्द गर, शान्ति सुरक्षा कायम गर जस्त प्ले कार्ड र ब्यानरहरु बोकेर बाटो छेउमा प्रदर्शन गरेका थिए ।

सहभागीहरुले बलात्कारी र हत्यारालाई कारबाही गर्न नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार असफल भएकोमा आक्रोश पोखेका थिए ।

Share Now

Leave a comment.